काठमाडौँ । श्रावण शुक्ल द्वादशीको दिन बुधबार भक्तपुरस्थित चाँगुनारायण भगवानको बद्रीनारायणको रूपमा विशेष पुजाका साथै देश यात्राका क्रममा वसन्तपुर ल्याइएको छ ।
देश यात्राका क्रममा लक्ष्मी नारायण र सरस्वतीको प्रतीक स्वरूप तीन वटा कलशलाई जमलपाटी गई गुरुजुको पल्टनको टोलीबाट हर्षबढाइँ गर्दै जमल पाटीबाट हर्षोउल्लास पूर्वक जात्रा गरी प्राचीन राजदरबार हनुमानढोकामा ल्याइएको थियो ।

हनुमानढोका पुगे पश्चात् जिवित देवी कुमारीको प्रत्यक्ष नजरमा विशेषपुजा लसकुस गरी तलेजु भवानीको मुलढोकाबाट भित्र्याइएको छ ।रातो पाटी बाट साभार






