धनगढी न्यूज

जीप दुर्घटनामा एकजनाको मृत्यु, आठ घाइते

काठमाडौं : डोटीको बुडर नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।

 

लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु हो।

सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना भएको हो। ज्यान गुमाउने व्यक्तिको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिए।

घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाएको उनले बताए। घाइते आठजनामध्ये चारजनालाई बढी चोट लागेको छ। चारजनाको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×