धनगढी न्यूज

धनकुटामा साकेला, केलाङ उभौली महोत्सव

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लेउतीमा रहेको सिंहदेवी सिंहसिला, साकेला केलाङ पार्कमा एकदिने साँस्कृतिक महोत्सव आयोजना गरिएको छ। पार्कमा साकेला, केलाङ, उभौली पूजाका अवसरका महोत्सव आयोजना गरिएको हो।

 

लेउती जलाधार प्राकृतिक-साँस्कृतिक प्रवर्धन समितिको आयोजनामा भएको महोत्सवमा किँरातीहरूको विभिन्न साँस्कृतिक झाँकी सहित साकेला नाच र ढोल नाच प्रस्तुत गरिएको थियो।

आ-आफ्नो कला संस्कृतिलाई जोगाई राख्न साथै पर्यटकलाई आकर्षित गर्न पार्क निर्माण गरिएको र साकेला, केलाङ उभौली साँस्कृतिक महोत्सव आयोजना गरिएको लेउती जलाधार प्राकृतिक–साँस्कृतिक प्रवर्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए।

सो अवसरमा साकेला र केलाङ स्तम्भको उद्घाटन गर्दै कोशी प्रदेशकी पूर्वमन्त्री निर्मला तावाले किराँतीको बहुसाँस्कृतिक स्थलको प्रदर्शन साथै निर्माणका कारण पर्यटक आकर्षित हुने बताउँदै पर्यटकको आगमनले आर्थिक वृद्धि साथै कला सँस्कृति संरक्षणमा टेवा पुग्ने बताउँदै यस्ता पार्क निर्माणमा गाउँपालिकाले सहयोग गर्ने बताइन्।

कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सबैको संस्कार संस्कृति संरक्षणमा गाउँपालिका लागिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×