धनगढी न्यूज

नागरिक उन्मुक्ति पार्टीकाे द्धन्द सतहमा बैठकमै हात हालाहाल

नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला नेताबीच हात हालाहाल भएको हो।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समितिलाई आधिकारिक मानिएको छ।

यता रेशम पक्षका नेताले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि
हात हालाहालको स्थिति आएको नेता रामलाल डगौरा थारूले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×