धनगढी न्यूज

रास्वपाले भैरहवामा किन राख्यो संसदीय दलको बैठक?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा संसदीय दलको बैठक राखेको छ।

बुधबार दिउँसो १ बजे भैरहवाको रमादा होटलमा संसदीय दलको बैठक राखिएको दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।

उनका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बस्न लागेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै छन्। त्यसो त उनीहरूले भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटेर परामर्श पनि लिइरहेका छन्।

मंगलबार पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले पार्टी सभापति लामिछानेलाई भेटेर सल्लाह गरेका थिए।रूपन्देही–३ को चुनाव लक्षित कार्यक्रमका लागि सांसदहरू भैरहवामै भएकाले बैठक आयोजना गरेका हौं। यो बैठकमा संसदको चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत धेरै विषयमा छलफल गर्नेछौं,’ उपनेता श्रेष्ठले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपचुनावलाई ध्यानमा राखेर सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर अभियान, मतदाता भेटघाट लगायत गतिविधि गरिरहेको छ। संसदीय दल बैठक पनि चुनावी प्रचारकै अंग भएको रास्वपाले बताएको छ।सेतो पाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×