धनगढी न्यूज

आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदै छ ।

आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×