धनगढी न्यूज

एलायन्स ‘प्लस टु’ द्धारा POST SEE फुटसल प्रतियोगिता गरिदै

कैलालीको धनगढीमा प्रथम एलायन्स प्लस टु पोष्ट एसइइ फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित एलाइन्स प्लस टु धनगढीले शुक्रबारदेखि प्रतियोगिता गर्न लागेको हो। यही जेठ ३० र ३१ गते धनगढी ४ सौराई स्क्वायरमा उक्त प्रतियोगिता आयोजना हुनेछ ।
प्रतियोगीताका खेलहरु फुटसल खेल नियमको अधिनमा रहि नकआउट स्वरुपमा खेलाइने प्राचार्य मनोज पन्तले जानकारी दिए । साथै बिहिबार कलेजमा नै प्रतियोगितामा सहभागि हुने टिमहरुको टाइसिट सार्वजनिक गरिएको छ ।

खेलाडीहरुलाई चोटपटक लागेमा प्राथमिक उपचार आयोजकको रहनेछ भने सो बाहेकको उपचार एबम अन्य दुर्घटना टिम आफै जिम्मेवारी हुनुपर्नेछ । खेलाडीहरुको खाना र बस्नको सम्पूर्ण प्रबन्ध टिम आफैले ब्यबस्थापन गर्नुपर्नेछ । प्रतियोगीतामा प्रत्येक सहभागी टिमले ९ जना खेलाडी र २ जना अफिसियल गरि जम्मा ११ जनाको अन्तिम नामावली दर्ता गरेको थियो ।

प्लस टु एसइइ फुटसल प्रतियोगिता गर्दै एलायन्स

प्रतियोगितामा प्रथम पुरस्कार नगद २० हजार, ट्रफि प्रमाण पत्र र १००५ छात्रवृत्ति कक्षा ११ को मासिक शुल्कमा दिइनेछ भने द्धितिय पुरस्कार नगद १० हजारसहित ट्रफि, प्रमाण–पत्र र ६०५ छात्रवृत्ति कक्षा ११ को मासिक शुल्कमा दिइनेछ तथा तृतिय पुरस्कार नगद दुई हजार पाँचसय सहित ट्रफि, प्रमाण–पत्र र ५०५ छात्रवृत्ति कक्षा ११ को मासिक शुल्कमा दिइने प्रतियोगिताका संयोजक राजेन्द्र जोशीले बताए ।

यस्तै, उत्कृष्ट खेलाडी १ जनालाई प्रमाण–पत्र र १००५ छात्रवृत्ति कक्षा ११ को मासिक शुल्कमा दिइनेछ भने उत्कृष्ट गोलकर्ता खेलाडी १ जनालाई प्रमाण पत्र र ५०५ छात्रवृत्ति कक्षा ११ को मासिक शुल्कमा दिइनेछ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×