धनगढी न्यूज

एस.पी.ए कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर

एस.पी.ए. कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। एसपिए कलेजको २७औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सम्झौता गरिएको हो ।

विगत १२ वर्षदेखि आईटी क्षेत्रमा कार्य गर्दै आएको कम्पनी क्लाउडटेकले अबदेखि S.P.A College मा अध्ययनरत BITM का विद्यार्थीहरूलाई प्रत्येक सेमेस्टरमा अतिरिक्त व्यावसायिक तालिम तथा प्रोफेशनल कोर्सहरू प्रदान गर्ने भएको छ। यस पहलले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप विकास गर्ने अवसर प्रदान गर्नेछ।

समझदारीअनुसार विद्यार्थीहरूले क्लाउडटेकका देशभर रहेका विभिन्न शाखाहरूमा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, उनीहरूको कार्यसम्पादनका आधारमा रोजगारी समेत उपलब्ध गराइनेछ।

यस सहकार्यपछि आईटी विद्यार्थीहरू विभिन्न आधुनिक प्रविधि, प्रोग्रामिङ, AI, डिजिटल समाधान तथा उद्योगसँग प्रत्यक्ष जोडिने व्यावसायिक सीपहरूमा दक्ष हुने अपेक्षा गरिएको छ। यसले उनीहरूलाई विश्व आईटी बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास लिइएको छ।

उद्योगमुखी शिक्षा र करियर तयारीतर्फको यो कदम आफैंमा एक ऐतिहासिक उपलब्धि मानिएको छ।

उक्त सम्झौता पत्रमा  CloudTech धनगढी शाखाका बिजनेस म्यानेजर बिजय बम तथा एस.पी.ए कलेजका प्रबन्ध निर्देशक सुवास शाही एवम् क्याम्पस प्रमुख बुधराम चौधरीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यो सहकार्यले प्राविधिक शिक्षा र उद्योगबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूको उज्ज्वल IT भविष्यको आधार तयार गर्ने क्याम्पसका BITM कार्यक्रम संयोजक धर्मराज भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×