धनगढी न्यूज

धनगढी पुग्ने बित्तिकै गृहमन्त्री अर्याल पुगे गेटा अस्पतालमा

धनगढी: गृहमन्त्री ओमप्रकाश अर्याल धनगढी पुग्ने बित्तिकै गेटा अस्पताल पुगेका छन्।  उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका हुन्।

भोलि हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आएका गृहमन्त्री अर्याल धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका हुन्। उनले त्यहाँ पुगेर सरसर्ती अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए।

गृहमन्त्रीले अवलोकनकै क्रममा अस्पतालको बारेमा त्यहाँ कार्यरत चिकित्सकहरूले सामान्य जानकारी गराएका थिए।दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×