धनगढी न्यूज

सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती

जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ।

आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गरि मंगलबार एकैदिन १८ जना महिलाको शल्यक्रिया गरि सफल प्रसुती गराईएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.कमल दिप जोशीले जानकारी दिए।

विभिन्न समस्या, सिमित स्रोत साधन र न्युन जनशक्तिका बाबजुत सिमित वेड संख्या रहेको पुरानो जीर्ण भवनमा विभिन्न जिल्लाबाट रेफर भएर आएका गर्भवती महिलाहरुको सफल शल्यक्रिया गरिएको उनले बताए।

उनले अस्पतालको सर्वसुलभ सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सबै सम्बन्धित निकाहरुको ध्यान जान जरुरी रहेको बताएका छन्।   दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×