धनगढी न्यूज

आइसिसी टी-२० : नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा प्रतिस्पर्धा हुँदै छ ।

जारी आइसिसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले युएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् ।

केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले युएईसँग भिड्न लागेको हो  ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बी को विजेता युएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×