धनगढी न्यूज

जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ : कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकास्थित लालपुरमा केहीबेरअघि से १ च १४०५ को जीपले म २ प ३५०६ को मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले थाहाखबरलाई जानकारी दिए।

महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको जीपले विरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भएको उनले बताए। उनीहरू दुवैको नाम खुलेको छैन

दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको थापाले जानकारी दिए।

जीप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।थाहाखबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×