डोटी : डोटीका सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन्।

डोटी जिल्लाका कुनै पनि स्थानीय तहमा आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। डोटीको पूर्वीचौकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा भवन निर्माणसमेत पूरा हुन सकेको छैन। भवन निर्माण भइसकेको पूर्वीचौकी गाउँपालिकामा पनि दक्ष जनशक्ति र आर्थिक अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन। डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा निर्माण भइरहेको १५ शय्याको आधारभूत अस्पतालको भवन अलपत्र अवस्थामा छ। भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबिच २०७८ असार १८ गते सम्झौता भएको थियो। २०७९ साल असार २९ गते निर्माण भइसक्नुपर्ने भवनको हालसम्म १५.६३ प्रतिशत काम सम्पन्न भएको छ।

बडिकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल स्थापना गर्नका लागि २०७७ मङ्सिर १५ गते शिलान्यास भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको छ। सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हाल पिल्लर राख्ने काम मात्र भएको छ।दिनेश खबर बाट साभार







