धनगढी न्यूज

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

काठमाडौँ– त्रिशूली नदी ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् ।


ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवश रोकाय छन् ।


इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली नादीमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×