कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ।
धनगढी।कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा अत्तरिया देखि कञ्चनपुर तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का खुशिराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ३६६२ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको चालक कृष्णपुर नगरपालिका-७ बस्ने नन्दराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश १-००१ ह ५८३४ नम्बरको अटो एकापसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

उत्त दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ह ५८३४ नम्बरको अटोमा सवार कृष्णपुर नगरपालिका-७ बस्ने ६५बर्षीया मनसिंहा राना घाइते भएकी थिइन्।घाइते मनसिंहाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।

दुबै अटोमा सवार ८ जना मध्ये घाइते ६ जना उपचार पछि डिस्चार्ज भइसकेका र एक जनाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भईरहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।धनगढी खबर बाट साभार






