धनगढी न्यूज

प्रदर्शनमा घाईते सरिता जोशीको हात भाँचियो,अन्य केहि सामान्य घाईते, घटनाको छानविन गर्न माग

धनगढीः धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि एमाले निकट युवा संघले आक्रमण गर्दा धकेलाधकेलमा लडेर घाइते भएकी धनगढी-४ की सरिता जोशीको हात भाँचिएको पुष्टि भएको छ।

जोशीको देब्रे हातको हड्डी भाँचिएको छ। त्यस्तै बविता जोशी र गोपाल बोहरा पनि  घाइते भएका छन्। उनिहरु निसर्ग अस्पतालमा उपचाररत छन्।

बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको थियो।  आफुहरुले  शान्तिपूर्ण आन्दोलन गर्दा पनि आक्रमण भएको भन्दै घटनाको छनबिन गर्न माग गर्दै युवाहरु उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका छन्। दिनेश खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×