धनगढी न्यूज

बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

काठमाडौँ : भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रबारको बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बाढी र पहिरोबाट बढी प्रभावित भएका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी काम गर्नुपर्ने गरी  सिफारिस भएको जानकारी दिए।

अबको मन्त्रिपरिषद्ले उक्त घोषणा गर्ने तयारी गरेको छ। पछिल्लो विपद्‍बाट २४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अर्बौँको भौतिक सम्पत्ति क्षति भएको छ।थाहाखबर बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×