धनगढी न्यूज

सुन चोरीमा संलग्न एकजनालाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ : काठमाडौँको बौद्ध क्षेत्रबाट एक करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्ने प्रेम थारुलाई पक्राउ गरिएको हो। उनी नेपालगञ्ज स्थायी घर भइ कलंकीमा बस्दै आएका थिए। उनलाई काठमाडौंको नागार्जुन–६ बाट गोली हानेर नियन्त्रणमा लिइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। थारु यसअघि पनि चोरी र लुटपाटमा संलग्न थिए । २०७९ मा पनि चोरीमा पक्राउ परेर कारागार चलान भएका उनी अदालतले दिएको प्यारोल सुविधा अनुसार बाहिरै थिए।

मंगलबार दिउँसो लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित एक करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरेको प्रहरीको भनाइ छ । ती सामान बरामद गरी मुचुल्का तयार पारिँदैछ।थाहाखबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×