Skip to main content

धनगढी न्यूज

फरक तरिकाले मनाइयो स्मृतिशेष ढकालको कार्यक्रम

Advertisement

काठमाडौँ । परम्परागत शैलीभन्दा फरक तरिकाले स्मृति शेष खगेश्वर ढकालको दोस्रो स्मृति कार्यक्रम सम्पन्न गरिएको छ ।

२०८० भदौ २२ गते शुक्रवारका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

ढकाल परिवारका सदस्य तथा स्मृति शेष खगेश्वर ढकालका शुभचिन्तकसमेतको सहभागितामा स्मृति कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्मृति शेष खगेश्वरको जीवनका विभिन्न पक्षका बारेमा चर्चा–परिचर्चा गरिएको थियो ।’

बुबाले हामीलाई छोडेर जानुभयो । मृत शरीर नरहे पनि उहाँका विचार युग–युगसम्म कार्यान्वयनको विषय रहिरहने छन्’ स्मृति कार्यक्रमको अवसरमा उहाँका छोरा डा. चूडा ढकालले बताउनुभयो ।

स्मृति कार्यक्रममा आफ्नो धारणा राख्दै खगेश्वर ढकालकी बुहारी तथा प्राज्ञ सदस्य डा.कौशीला रिसालले कतिपय संस्कार तथा परम्परा समय र परिस्थितिअनुसार परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो । उहाँले कार्यक्रममा केही कविता पनि वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रलेसका उपाध्यक्ष समीर सिंह, छोरा भोलानाथ ढकाल, राजेन्द्रप्रसाद ढकाल, विष्णुप्रसाद देवकोटा, कल्पना देवकोटालगायतले पनि स्मृति शेष ढकालका विभिन्न पक्षको बारेमा चर्चा गर्नुभएको थियो ।

१९८८ फागुन २२ गते गोरखाको थालाजुङमा जन्मिनुभएको ढकालको २०७८ भदौ २२ गतेका दिन मृत्यु भएको थियो । उहाँ जीवनभरि समाजसेवामा क्रियाशील हुनुहुन्थ्यो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...