26
Sep
धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of Social Entrepreneurship (Nabil SSE) सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला गरिएको छ। सामाजिक उद्यमशीलताको विकास गर्ने, युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सामाजिक उद्यमी निर्माण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको उक्त कार्यक्रमको सातौँ समूहका लागि इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। कार्यक्रममा १८ वर्ष उमेर पूरा भएका इच्छुक व्यक्ति सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। सातौँ समूहका लागि सीमित सिटमा आवेदन खुला गरिएको जनाइएको छ। इच्छुक आवेदकहरूले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन तथा थप जानकारीका…






