Skip to main content

धनगढी न्यूज

Breaking News 2

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् । शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो । यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।
Read More
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो। स्थानीयले घटनाबारे १:३५ बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। दिउँसो करिब २:३० बजे प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी करिब २५ वर्षीय जनवीर बुढा रहेको खुलेको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये…
Read More
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको उल्लेख गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए। प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए। यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनले बताए। बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए। अन्तर जातीय विवाहकै कारण…
Read More
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले पनि दिए राजीनामा

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले पनि दिए राजीनामा

१९ वैशाख, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रबार नै राजीनामा दिएका हुन् । ‘अध्यादेश जारी हुनुअघि हिजै राजीनामा दिएको हुँ,’ उनले भने । २०७९ माघमा उनी नियुक्त भएका थिए । सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्नेगरी अध्यादेश जारी गरेको छ । राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतका अनुसार, विभिन्न ११० वटा कानुन संशोधन गरेर १५ सय बढी राजनीतिक नियुक्ति खारेज हुनेगरी अध्यादेश जारी भएको हो । उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् । अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दीपक अर्यालसहितका पदाधिकारीले…
Read More
देशभर तापक्रम बढ्नेक्रम जारी, तराईका भूभागमा तातो हावा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

देशभर तापक्रम बढ्नेक्रम जारी, तराईका भूभागमा तातो हावा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

२०८३ बैशाख १०। देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ। केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बिहीबार तराई भूभागमा तातो दिन तथा तातो लहर र हिमाली क्षेत्रमा वर्षाको पूर्वानुमान गरेको छ। विभागका अनुसार, दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। मधेसलगायत कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई…
Read More
‘सत्ताको चक्रव्यूह र न्यायको मरण’

‘सत्ताको चक्रव्यूह र न्यायको मरण’

काठमाडौं : नेपाली राजनीतिको रङ्गमञ्चमा पात्रहरू बदलिन्छन्, तर प्रवृत्ति उस्तै रहन्छ। पछिल्लो समय बालेन्द्र साहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेको छ। झन्डै दुई तिहाईको यो सरकारलाई नागरिकका समस्या समाधान गरेर समृद्ध देश बनाउने कार्यभार छ। तर सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा तानिनुले एउटा गम्भीर प्रश्न उब्जाएको छ, के राजीनामा नै अन्तिम हो त? श्रममन्त्री बनेको १३ दिनमै दीपककुमार साह बर्खास्त हुनु र गृहमन्त्री सुधन गुरुङ विवादित पृष्ठभूमिका व्यवसायीसँगको साँठगाँठका कारण विवादमा तानिनुले केवल ‘राजनीतिक व्यवस्थापन’ मात्र हो कि न्यायको पूर्ण प्राप्ति? आम नागरिकले सोधिरहेका छन्ः सत्ताबाट बाहिरिनु नै उनीहरूका लागि पर्याप्त सजाय हो त? जब एउटा मन्त्रीले नैतिकता…
Read More
अमेरिकी सहायक विदेश मन्त्री भेटघाटमा, पहिले परराष्ट्रमन्त्री लगत्तै अर्थमन्त्रीसँग भेटवार्ता

अमेरिकी सहायक विदेश मन्त्री भेटघाटमा, पहिले परराष्ट्रमन्त्री लगत्तै अर्थमन्त्रीसँग भेटवार्ता

काठमाडौंः नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर भेटघाटमा जुटेका छन्। परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटका लागि बिहान साढे ९ बजे परराष्ट्र मन्त्रालय पुगेका हुन्। आजै बिहान साढे १० बजे अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट्ने कार्यक्रम छ। मन्त्रीसँगै कार्यवाहक अमेरिकी राजदूत स्कट उरवम पनि भेटघाटमा सहभागी छन्। उनले हिजो अपरान्ह पाटन दरबार स्क्वायरको भ्रमण गरेका थिए। दूतावासका प्रवक्तासँगै उनी सवा ३ बजेको समयमा त्यहाँ पुगेका थिए। टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२६ मा इस्तानबुलबाट हिजो बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका कपुर बिहान १० को समयमा महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए। करिब १ घण्टापछि…
Read More
ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोली १ तृत राज दास २ देव खनाल ३ शङ्कर राना ४ ईशान पाण्डे ५ अरनिको यादव ६ विवेक राना मगर ७ अनिल कुमार साह ८ अर्जुन घर्ती मगर ९ नारायण जोशी १० रसिद खान ११ सन्तोष यादव १२ हेमन्त धामी १३ रिजन ढकाल १४ आकाश चन्द १५ विशाल पटेल १६ अर्जुन साउद १७ प्रतिष जी सी १८ कुशल मल्ल १९ युवराज खत्री २० विपिन खत्री २१ दिपेस कँडेल २२ शेर मल्ल २३ रुपेस सिंह २४ सुभ कंसकार…
Read More
अमेरिका–इरान वार्ता निष्कर्षबिहीन

अमेरिका–इरान वार्ता निष्कर्षबिहीन

काठमाडौंः अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास ग¥यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन।’ भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे। अमेरिकी टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ…
Read More
पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच १५ घण्टाभन्दा लामो प्रत्यक्ष वार्ता, महत्त्वपूर्ण विषयमा अझै मतभेद

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच १५ घण्टाभन्दा लामो प्रत्यक्ष वार्ता, महत्त्वपूर्ण विषयमा अझै मतभेद

२९ चैत, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो। तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ताहरू सुरु भएका हुन्। ४७ वर्षपछिको ऐतिहासिक आमनेसामने सन् १९७९ को इरानी…
Read More