Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। रानीसैन–च्याँचौर लामापाटा क्षेत्रको सीमा विवादलाई लिएर गत जेठ ३ गते खार्पुनाथ गाउँपालिकाका स्थानीयले लामापाटामा बसोबास गर्दै आएका करिब १० परिवारमाथि आक्रमण गरी कुटपिट गरेका थिए। घटनापछि फरार रहेका उनीहरूको खोजी कार्य जारी रहेकामा प्रहरीले पक्राउ गर्न सफल भएको हो।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ परेकालाई थप अनुसन्धानका लागि बाजुरा ल्याउने प्रक्रिया भइरहेको छ। गत जेठको पहिलो सातादेखि हिमाली गाउँपालिकाको पहलमा प्रदेश सरकारको चार लाख रुपियाँको लागतमा लामापाटामा अस्थायी प्रहरी…
Read More
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ। जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा खेल संरचना निर्माण भइरहेको बताए। जसका लागि क्रिकेट मैदानको माटो भरानका लागि ५० लाख, चार सय मिटर ट्रयाकका लागि २५ लाख र हक्की खेल मैदान निर्माणका लागि १५ लाख विनियोजन भएको छ। त्यस्तै बक्सिङ्ग प्रशिक्षण केन्द्रको जिर्णोद्धारमा समेत प्रदेश सरकारले काम गरिरहेको छ। आगामी आर्थिक बर्ष २०८३/८४ का लागि केन्द्र सरकारबाट यहाँ…
Read More
प्रदेश सरकारले सांसदलाई बाढ्यो बजेट

प्रदेश सरकारले सांसदलाई बाढ्यो बजेट

सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुलाई यसअघि करिब दुई अर्ब २३ करोड भाडबण्डा गरेकोमा त्यो अंक बढाएर तीन अर्ब ६१ करोड पुर्‍याएको छ। यसअघि प्रत्यक्षतर्फका सांसदलाई पाँच करोड र समानुपातिकतर्फका सांसदलाई तीन करोड दिने भनिएकामा त्यो अंक बढाएर प्रत्यक्षतर्फका लागि आठ करोड र समानुपातितर्फका लागि पाँच करोड पुर्‍याएको छ। यसअघि प्रत्यक्षतर्फका ३२ जनाका लागि पाँच करोडका दरले एक अर्ब ६० करोड र समानुपातिकतर्फका २१ जनाका लागि तीन करोडका दरले भाग दिएर ६३ करोड छुट्याएको थियो। त्यसबाहेक शक्तिशाली सांसदहरुका लागि बेग्लै बजेट उपलब्ध गराउने तयारी सरकारको थियो। आफ्नो भाग परेको बजेटबाट सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र तथा रुचिअनुसारका आयोजना र बजेट प्रस्ताव तयार गरी…
Read More
टेम्पो जानाजान भीरबाट नखसालिएको वन कार्यालयको दाबी

टेम्पो जानाजान भीरबाट नखसालिएको वन कार्यालयको दाबी

धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत चुरे क्षेत्रभित्र अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनालाई लिएर फैलिएका आरोपप्रति डिभिजन वन कार्यालय कैलाली ले कडा आपत्ति जनाएको छ। कार्यालयले सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक रहेको जनाउँदै घटनाको वास्तविक अवस्था सार्वजनिक गरेको हो। कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार उक्त स्थान चुरे क्षेत्रभित्र पर्ने अत्यन्त संवेदनशील वातावरणीय प्रणाली हो। वर्षौंदेखि सार्वजनिक वन क्षेत्रमा अवैध अतिक्रमण, टहरा तथा छाप्रा निर्माण र सरकारी वन जमिन कब्जा गर्ने क्रम बढेपछि वन प्रशासनले कानुनअनुसार नियमित रूपमा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको जनाएको छ। वन कार्यालयले पछिल्ला पाँच महिनामा सो क्षेत्रमा फेरि अवैध संरचना थपिएको र भाइरल बनाइएको टेम्पो…
Read More
कक्षा १२ को नतिजा असार १० सम्म प्रकाशित गर्ने तयारी

कक्षा १२ को नतिजा असार १० सम्म प्रकाशित गर्ने तयारी

आइतबार, जेठ १०, २०८३ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा-१२) को नतिजा असार १० गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले यही लक्ष्यसाथ अहिले धमाधम उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खटिएका छन्।
Read More
नेपालले ६ चोटि इन्धन भाउ बढाउँदा भारतमा बढ्यो पहिलोपल्ट

नेपालले ६ चोटि इन्धन भाउ बढाउँदा भारतमा बढ्यो पहिलोपल्ट

१ जेठ २०८३ | भारतका सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ भारु (करिब ३ प्रतिशत) ले वृद्धि गरेका छन् ।  इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको युद्धलाई कारण मान्दै भारतमा पहिलो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भएको घाटा पूर्ति गर्न भारतमा चार वर्षपछि पहिलो पटक यो मूल्यवृद्धि गरिएको भारतका डिलरहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।   तर, इन्धनमा भारतकै भर पर्ने नेपालले भने यही अवधिमा कम्तीमा आधा दर्जन पटक भाउ बढाइसकेको छ । अहिले नेपालमा पेट्रोलको भाउ प्रतिलिटर २ सय १७ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको…
Read More
काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै, भ्रममा नपर्न सरकारको आग्रह

काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै, भ्रममा नपर्न सरकारको आग्रह

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी र व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूमा अनावश्यक त्रास सिर्जना हुने गरी गलत सूचना फैलाउने प्रयास भइरहेको भन्दै सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। सरकारका अनुसार दीर्घकालीन समाधानका लागि बाधक रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधानहरू अध्यादेशमार्फत खारेज…
Read More
चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर

चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको साततले क्षेत्रमा बनाइएका घरमा समेत डोजर चलाएर भत्काएको छ । सार्वजनिक जग्गा मिचेर अनधिकृत रुपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा पनि डोजर चलाइएको हो । सो क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरुमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी छ । यसअघि महानगरपालिकाले थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयंभू, बालाजु लगायतका विभिन्न स्थानमा पनि डोजर लगाएर भत्काइएको छ ।  
Read More
नवजीवन सहकारीको नेतृत्व चयनमा कडा प्रतिस्पर्धा, अध्यक्षमा ४ जना मैदानमा

नवजीवन सहकारीको नेतृत्व चयनमा कडा प्रतिस्पर्धा, अध्यक्षमा ४ जना मैदानमा

२०८३ वैशाख २१  धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको आगामी निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ। संस्थाको ३२औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जना उम्मेदवार आमनेसामने भएका छन्। जेठ ९ गते हुने साधारण सभामा अध्यक्षका लागि चार जनाको उम्मेदवारी रहेको अध्यक्ष देवबहादुर बमले बताए। अध्यक्ष पदमा केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यसैगरी उपाध्यक्ष पदका लागि इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्टबीच प्रतिस्पर्धा हुने भएको छ भने सदस्य पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।लेखा सुपरीवेक्षण समिति संयोजक पदमा गणेशप्रसाद जोशी र चेतराज जोशीबीच भिडन्त हुने…
Read More
प्रधानमन्त्री बालेनले भने- कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्

प्रधानमन्त्री बालेनले भने- कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्

२१ वैशाख , काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापनबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले हाल सरकारद्वारा अघि बढाइएको व्यवस्थापन प्रक्रियालाई लिएर विभिन्न टिप्पणी र व्याख्या सार्वजनिक भइरहेका प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै भ्रमपूर्ण सूचना फैलाइएकोप्रति चिन्ता व्यक्त गरेका छन्। विशेषगरी भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई जबर्जस्ती हटाइने हो भन्ने आशंका फैलाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरेका छन्। शाहका अनुसार दीर्घकालीन समाधानमा अवरोध बनेका भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधान अध्यादेशमार्फत हटाइएपछि वास्तविक भूमिहीन नागरिकहरूको पहिचान प्रक्रिया अघि बढाइएको छ। यसअन्तर्गत डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट…
Read More