10
Apr
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गबाट हुने तेल ढुवानीको व्यवस्थापनलाई लिएर इरानको कडा आलोचना गरेको बीबीसीले जनाएको छ। इरानले यो जलमार्गमा अत्यन्तै खराब काम गरिरहेको आरोप लगाउँदै ट्रम्पले आफूहरूबीच भएको सम्झौताअनुसार नभएको बताएका छन्। यसैबीच, मध्यपूर्वको स्थिति थप जटिल बन्दै गएको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो मन्त्रिमण्डललाई लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएका छन्। तर, अर्कोतर्फ उनले लेबनानमा कुनै युद्धविराम नभएको स्पष्ट पार्दै हिजबुल्लाहमाथि शक्तिशाली प्रहार जारी राख्ने बताएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयकाअनुसार, बुधबार इजरायली आक्रमणमा ३०३ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्। इजरायली सेनाले बेरुतका केही भागहरू खाली गर्न आदेश दिएलगत्तै…






