Skip to main content

धनगढी न्यूज

अमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते

Advertisement

अमेरिका र इसराइलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको खुलेको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गरेर लेखेको समाचारमा नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका-इसराइलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएको उल्लेख छ।

खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको सिएनएनले जनाएको छ।

डिसेम्बर २८ मा तेहरानमा भएको आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरू मारिएका थिए। हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए।

साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियनले बेलायती पत्रिका  द गार्डियनलाई दिएको जानकारी अनुसार मोज्तबा त्यस दिन आफ्ना पिता अली खामेनी मारिएकै हवाई आक्रमणमा घाइते भएका थिए।

५६ वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरि चोट लागेको र अनुहारमा सानो काटिएको समेत देखिएको स्रोतलाई उद्धृत गरेर सिएनएनले लेखेको छ। यसअघि इसराइली अखबार टाइम्स अफ इसराइलले अली खामेनीको हत्या प्रयासमा मोज्तबा पनि घाइते भएको जनाएको थियो।

नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त भएको घोषणा भए पनि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनले सार्वजनिक रूपमा सम्बोधन पनि गरेका छैनन्।

राजदूत सालारियनका अनुसार चोटपटकका कारण मोज्तबा अहिले भाषण दिन सक्ने अवस्थामा छैनन्।

इरानी राष्ट्रपति मशुद पेजिस्कियनका छोरा युसेफ पेजिस्कियनले मोज्तबा सुरक्षित रहेको भनेर राज्य समाचार संस्था इरानीयन स्टुडेन्ट्स न्युज एजेन्सीसँग बताएका छन्। उनले खामेनी घाइते भएको भए पनि चिन्ताजनक अवस्था नरहेको बताएका छन्।

मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले पुराना भिडियो र सीमित दृश्यहरू प्रयोग गर्दै आएका छन्।

त्यसो त मोज्तबा खामेनी सार्वजनिक रूपमा धेरै नदेखिने धार्मिक व्यक्तित्वका रूपमा चिनिन्छन। उनी आफ्ना पिता अली खामेनीले दशकौंसम्म बनाएको प्रभावशाली राजनीतिक तथा सुरक्षा सञ्जालमा महत्वपूर्ण व्यक्ति मानिन्छन्।

उनी विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)सँग नजिक मानिन्छन् र विश्लेषकहरूले उनलाई आफ्नो पिताभन्दा पनि कडा धारका नेताका रूपमा हेर्ने गरेका छन्।

सन् २०१९ मा अमेरिकाले मोज्तबा खामेनीमाथि पनि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अधिकारीहरूले उनलाई क्षेत्रीय प्रभाव विस्तार गर्न र आन्तरिक दमनलाई सघाएको आरोप लगाएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको नयाँ सर्वोच्च नेताको रूपमा खामेनीको चयनप्रति असन्तुष्टि जनाउँदै यसलाई स्वीकार्य नहुने बताएका छन्।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...