Skip to main content

धनगढी न्यूज

प्रदेश सरकारले सांसदलाई बाढ्यो बजेट

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुलाई यसअघि करिब दुई अर्ब २३ करोड भाडबण्डा गरेकोमा त्यो अंक बढाएर तीन अर्ब ६१ करोड पुर्‍याएको छ। यसअघि प्रत्यक्षतर्फका सांसदलाई पाँच करोड र समानुपातिकतर्फका सांसदलाई तीन करोड दिने भनिएकामा त्यो अंक बढाएर प्रत्यक्षतर्फका लागि आठ करोड र समानुपातितर्फका लागि पाँच करोड पुर्‍याएको छ।

यसअघि प्रत्यक्षतर्फका ३२ जनाका लागि पाँच करोडका दरले एक अर्ब ६० करोड र समानुपातिकतर्फका २१ जनाका लागि तीन करोडका दरले भाग दिएर ६३ करोड छुट्याएको थियो। त्यसबाहेक शक्तिशाली सांसदहरुका लागि बेग्लै बजेट उपलब्ध गराउने तयारी सरकारको थियो।

आफ्नो भाग परेको बजेटबाट सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र तथा रुचिअनुसारका आयोजना र बजेट प्रस्ताव तयार गरी सरकारलाई बुझाइसकेका छन्। प्रभावशाली सांसदहरुले भने अझै बढी हिस्सा दाबी गरेका छन्। जसअन्तर्गत सत्ता साझेदार दलका संसदीय दलका नेता, विपक्षी पार्टीका प्रभावशाली नेता, काँग्रेसका प्रभावशाली नेताहरु, सरकार ढाल्नका लागि काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्न अगुवाई गर्ने नेताहरु, हस्ताक्षर फिर्ता लिने सांसद, मुख्यमन्त्रीको गुटमा रहेका सांसदहरु लगायतले थप बार्गेनिङ गरेर आफ्नो पोल्टामा बजेट पार्न सफल भएका हुन्।

सरकारले आज साँझ पाँच बजे बजेट सार्वजनिक गर्ने तयारी थालेको छ। काँग्रेस र एमालेबीच बजेट सिलिङका विषयमा अझै खटपट चलिरहेको छ। जसका कारण बजेटलाई अन्तिम रुप दिन समस्या भइरहेको बताइएको छ।

सामान्यतया बजेट सार्वजनिक हुने अघिल्लो दिनमै बजेटको सम्पूर्ण तयारी पूरा भइसक्नु पर्ने हो। तर, आइतबार एमालेकै मन्त्रीहरुलगायत अन्य सांसदहरूले आफ्नो पोल्टामा बजेट र आयोजना पार्न दिनभर कसरत गरेकाले बजेटलाई अन्तिम रुप दिन नसकिएको स्रोतको दाबी छ। एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयको सिलङमा चित्त नबुझाएका कारण पनि बजेटलाई अन्तिम रूप दिन नसकिएको आर्थिक मामिला मन्त्रालयक स्रोतको दाबी छ। दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...