Skip to main content

धनगढी न्यूज

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

Advertisement

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् ।

इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए । त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो ।

सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा एक जना प्रस्तोताले पढेर सुनाएका थिए ।

‘रगतको बदला लिने’ चेतावनी

सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ बताएका छन् । साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन चेतावनी पनि दिएका छन् ।

आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनेईले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन् । उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ ।

छिमेकी मुलुकलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह

उनले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमण जारी राख्ने पनि बताएका छन् । इद्यपि इरानले छिमेकी मुलुकहरूसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ राख्ने नीति अपनाएको भन्दै उनले ती देशहरूलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरेका छन् ।

‘हामी १५ वटा छिमेकी देशसँग स्थल वा समुद्री सीमा जोडिएका छौं र सधैं उनीहरूसँग सकारात्मक सम्बन्ध चाहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने पक्षप्रति उनीहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । म उनीहरूलाई अमेरिकी अड्डा यथाशीघ्र बन्द गर्न सुझाव दिन्छु ।’

यो पनि पढ्नुहोस

को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?

इरानले विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिइसकेको छ । सो बाटो भएर आउजाउ गर्ने तेल ट्यांकरको आवागमन अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ ।

तेहरानले बुधबार विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । साथै अमेरिका, इजरायल र उनीहरूको साझेदार देशतर्फ जाने कुनै पनि तेल ट्यांकरमाथि आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

यता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्व तेल बजारले अहिले ‘इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’को सामना गरिरहेको जनाएको छ । अहिलेको समस्या समाधानका लागि एजेन्सीले ४० करोड ब्यारेल तेल विश्वबजारमा पठाउने निर्णय गरिसकेको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...