Skip to main content

धनगढी न्यूज

पत्रपत्रिका

धनगढीमा “हिमालयन एजु फेयर २०८३” आयोजना हुने

धनगढीमा “हिमालयन एजु फेयर २०८३” आयोजना हुने

२०८३ जेठ ५-  धनगढी | धनगढीस्थित हिमालयन एजुकेशन कन्सल्टेन्सी प्रा.लि. ले विदेश अध्ययनका लागि लक्षित “हिमालयन एजु फेयर २०८३” आयोजना गर्ने भएको छ। कन्सल्टेन्सीका अनुसार आगामी जेठ ८ गते शुक्रबार धनगढी–०५ हसनपुरस्थित निसर्ग अस्पताल नजिक उक्त कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने जनाइएको छ। एजु फेयरमार्फत विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, बेलायत, माल्टा, क्यानडा, जापान र दक्षिण कोरियामा अध्ययनका अवसरबारे जानकारी दिइने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भिसा प्रक्रिया, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय करिअर सम्बन्धी परामर्श प्रदान गरिने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक योगेन्द्र चन्दले जनाएका छन् । चन्दका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श…
Read More
प्रधानमन्त्री बालेनले भने- कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्

प्रधानमन्त्री बालेनले भने- कुनै पनि नागरिक घरबारविहीन हुने छैनन्

२१ वैशाख , काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापनबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले हाल सरकारद्वारा अघि बढाइएको व्यवस्थापन प्रक्रियालाई लिएर विभिन्न टिप्पणी र व्याख्या सार्वजनिक भइरहेका प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै भ्रमपूर्ण सूचना फैलाइएकोप्रति चिन्ता व्यक्त गरेका छन्। विशेषगरी भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई जबर्जस्ती हटाइने हो भन्ने आशंका फैलाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरेका छन्। शाहका अनुसार दीर्घकालीन समाधानमा अवरोध बनेका भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधान अध्यादेशमार्फत हटाइएपछि वास्तविक भूमिहीन नागरिकहरूको पहिचान प्रक्रिया अघि बढाइएको छ। यसअन्तर्गत डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट…
Read More
नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौं : एमाले

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौं : एमाले

१६ वैशाख, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाएका छन् । बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए । नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने जिकिर गरे । ‘अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ यसप्रति हाम्रो घोर आपत्ति छ । हामी अब हेर्दै जान्छौँ भोलिको दिनमा बजेट निर्माण गर्नको लागि…
Read More
सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिने व्यवसायीको घोषणा

सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिने व्यवसायीको घोषणा

२०८३ बैशाख १०। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ। यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तर दिँदै महासंघले राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनैपनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो। २०६५ सालको पुरानो निर्णयलाई आधार बनाएर सरकारले व्यवसायीमाथि दबाब बढाएको भन्दै महासंघले सरकारी नीतिको कडा भत्र्सना गरेको छ। महासंघका अनुसार विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट पाउने सम्झौता थियो। तर, देश संघीयतामा गएपछि सरकारले व्यवसायीले पाउँदै आएको त्यो ६० प्रतिशत सहुलियत २०७३ सालदेखि…
Read More
हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा

हिमशिखर सहकारीको १७औँ वार्षिक साधारण सभा

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा उद्घाटनसत्र आज सम्पन्न भएको छ । विभिन्न सरोकालाहरुको सहभागितामा उक्त साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका हाल धनगढी उप महानगरपालिका , गोदावरी न.पा. , गौरीगंगा न.पा. र कैलारी गा.पा. कार्यक्षेत्र रहेको समेत जानकारी गराइएको छ । संस्थाले कैलारी गाँउपालिकाको विसनपुरमा आफ्नै १२ कठ्ठा जमिनमा विउ प्रशोधन केन्द्र संचालनमा ल्याउने तयारीमा समेत रहेको व्यवस्थापकद्धारा प्रस्तुत वित्तिय विवरणमा जानकारी गराइयो । संस्थाका व्यवस्थापक महेन्द्र शाहिले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०/०८१ मा कुल सम्पत्ति ७५ करोड २८ लाख ५३…
Read More
रहेनन् रेबराज

रहेनन् रेबराज

खबर सम्वाददाता : धर्मराज भट्ट २०८२ मंसिर २६ गते साझ अनियन्त्रित गाडीको ठक्कर बाट गम्भीर घाइते भएका रेबराज शर्माको हिजो बिहान निधन भएको छ । धनगढीबाट अत्तरिया घर तर्फ मोटरसाइकलमा जादै गर्दा धनगढी १३ राजपुर चोकमा धनगढीमा घाइते भएका उनको प्राथमिक उपचार पश्चात नर्भिक अस्पताल काठमाडौंमा उपचार भैरहेको थियो । शर्माको बिहीबार बिहान ४३ बर्षको अल्पायुमा निधन भएको हो । उनको आज नै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्मासँगै घाइते भएकी उनकी छोरी निती शर्माको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । टिकापुर घर भई अत्तरियामा व्यवसाय गर्दै आएका रेबराजका  श्रीमती , एक छोरा र एक छोरी…
Read More
बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

मिति २०८२।०८।०२ गते यस जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरुबाट खटिगएको प्रहरी टोलीले विभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयन अन्तर्गत सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कैद, जरिवाना भुक्तान गर्न बाँकी रहेका ४२ जना फरार प्रतिवादीहरुलाई कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तत्पश्चात निजहरुलाइ पक्राउ गरी निजहरुलाई सम्मानित जिल्ला अदालत कैलालीमा बुझाईएको पनि कार्यालयले जनाएको छ ।
Read More
कैलाली बहुमुखी क्याम्पसका पाँच जनाले ल्याए ४ जिपिए

कैलाली बहुमुखी क्याम्पसका पाँच जनाले ल्याए ४ जिपिए

सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (B.Sc.) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्रबाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र अभिषेक जोशी तथा जीव विज्ञानबाट भुमिका चौधरीले समग्रमा समान ४.०० जीपिए प्राप्त गरेका हुन्। त्यस्तै वनस्पति बिज्ञानमा ३.५१ जीपिए सहित आरति भट्टले उकृष्ट स्थान हाँसिल गरेको कैलाली बहुमुखी क्याम्पसको विज्ञान संकायकी विभागीय प्रमुख डा।रमा देवि जोशीले बताईन। प्राध्यापक र विद्यार्थीहरुको कडा परिश्रमबाट उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको उनले बताईन। क्याम्पसले विद्यार्थीहरुको यस किसिमको…
Read More
नविल एसएसई कार्यक्रम : उद्यमी बन्न प्रेरित गर्ने एक अवसर

नविल एसएसई कार्यक्रम : उद्यमी बन्न प्रेरित गर्ने एक अवसर

देशमै , अझ आफ्नै समाजमा उद्यमी बनेर सामाजिक सवा गर्ने एक अवसरको पखाईमा तपाई हुनुहुन्छ भने नविल एसएसई(School of Social Entrepreneurship) कार्यक्रम एक महत्वपुर्ण कसी बन्न सक्नेछ । पौरखी हातहरुलाई उद्यमका विभिन्न आयामहरुमा विज्ञहरुमार्फत अन्यौलता दूर गर्ने नविल बैंकद्धारा देशभर सञ्चालित कार्यक्रम हो नविल एसईई सर्टिफिकेट कोर्ष । यस कोर्षले उद्यमीलाई व्यवसायमा आउने दुविधा , समस्या , चुनौतीहरु लाई दृष्टिगत गर्दै सम्भावनाको खोजी गर्न सिकाउँछ । १८ वर्ष उमेर पुगेका नेपालीहरु सहभागी हुन सक्ने यस कार्यक्रम अन्तूर्गत फेलोशिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसंगको सहकार्यमा संचालन हुँदै आएको छ । त्यसैगरी सातै प्रदेशका ११ वटा शैक्षिक संस्था संगको सहकार्यमा सर्टिफिकेट कोर्ष…
Read More
ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको नाम किटेरै आएको छ । देउवा दम्पतीको नाम वाचलिस्टमा छ । अरुको हकमा फाइल हेरेर कदम चाल्नेबारे छलफल भएको छ । ९ असोज, काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो । ‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी…
Read More