Skip to main content

धनगढी न्यूज

नविल एसएसई कार्यक्रम : उद्यमी बन्न प्रेरित गर्ने एक अवसर

Advertisement


देशमै , अझ आफ्नै समाजमा उद्यमी बनेर सामाजिक सवा गर्ने एक अवसरको पखाईमा तपाई हुनुहुन्छ भने नविल एसएसई(School of Social Entrepreneurship) कार्यक्रम एक महत्वपुर्ण कसी बन्न सक्नेछ । पौरखी हातहरुलाई उद्यमका विभिन्न आयामहरुमा विज्ञहरुमार्फत अन्यौलता दूर गर्ने नविल बैंकद्धारा देशभर सञ्चालित कार्यक्रम हो नविल एसईई सर्टिफिकेट कोर्ष । यस कोर्षले उद्यमीलाई व्यवसायमा आउने दुविधा , समस्या , चुनौतीहरु लाई दृष्टिगत गर्दै सम्भावनाको खोजी गर्न सिकाउँछ ।

१८ वर्ष उमेर पुगेका नेपालीहरु सहभागी हुन सक्ने यस कार्यक्रम अन्तूर्गत फेलोशिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसंगको सहकार्यमा संचालन हुँदै आएको छ । त्यसैगरी सातै प्रदेशका ११ वटा शैक्षिक संस्था संगको सहकार्यमा सर्टिफिकेट कोर्ष संचालित छ।बैंकले यस वर्षदेखि नबिल एसएसई सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक फरक प्राथमिकताका क्षेत्रहरू निर्धारण गरी संचालन गर्ने भएको छ ।

सुदूर पश्चिम प्रदेशको हकमा बैंकले सुदूर पश्चिमाञ्चल क्याम्पसबाट यो सर्टिफिकेशन कोर्ष सञ्चालनमा ल्याउँदै नयाँ समुहको लागि आवेदन समेत खुलाएको छ ।

जसअन्तर्गत सांस्कृतिक पर्यटन र पशुपालनमा आधारित उद्यममार्फत समृद्धि भन्ने नारा सहित विभिन्न आन्तरिक तथा बाह्य पर्यटन , सुदूरपश्चिमका पहाडी जिल्लाका संस्कृति , राना थारु संस्कृति आदिमा आधारित उद्यम , होम स्टे एवम् बाख्रा , बंगुर , हाँस , कुखुरा , माछापालन लगायत विभिन्न पशुपालनमा आधारित भएर उद्यम गर्न चाहने उद्यमीहरुले आवेदन दिन सक्नेछन् ।

उद्यम सुरु गर्नुभन्दा पहिले नै उद्यम के गर्ने , कसरी गर्ने , बजार व्यवस्थापन लगायतका व्यवहारिक एवम् प्राविधिक तौरतरिकाहरु सिकाइने हुँदा आफू र आफूजस्तालाई सहज भएको नविल एसएसई कोर्षमा सहभागी भएर हाल आफ्नै कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरिरहेका ईश्वर थापा बताउँछन् । त्यस्तै , अन्य सहभागीहरु पनि कृषि , पशुपालन , साना उद्योगहरुमार्फत उद्यमशिलतामा संलग्न रहेका छन् ।

यसरी दिन सकिनेछ आवेदन
अनलाइन फारामको लिंक : https://forms.gle/kwConeZqDTdJa2h99
थप जानकारीका लागि सम्पर्क : 9848529611
फाराम भर्ने अन्तिम मिति : २०८२ कात्तिक २८ गते सम्म

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...