Skip to main content

धनगढी न्यूज

प्रदेश

देशभर तापक्रम बढ्नेक्रम जारी, तराईका भूभागमा तातो हावा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

देशभर तापक्रम बढ्नेक्रम जारी, तराईका भूभागमा तातो हावा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

२०८३ बैशाख १०। देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ। केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बिहीबार तराई भूभागमा तातो दिन तथा तातो लहर र हिमाली क्षेत्रमा वर्षाको पूर्वानुमान गरेको छ। विभागका अनुसार, दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। मधेसलगायत कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई…
Read More
सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिने व्यवसायीको घोषणा

सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिने व्यवसायीको घोषणा

२०८३ बैशाख १०। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ। यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तर दिँदै महासंघले राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनैपनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो। २०६५ सालको पुरानो निर्णयलाई आधार बनाएर सरकारले व्यवसायीमाथि दबाब बढाएको भन्दै महासंघले सरकारी नीतिको कडा भत्र्सना गरेको छ। महासंघका अनुसार विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट पाउने सम्झौता थियो। तर, देश संघीयतामा गएपछि सरकारले व्यवसायीले पाउँदै आएको त्यो ६० प्रतिशत सहुलियत २०७३ सालदेखि…
Read More
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । जेनजीको मागअनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ । यी दुवै धारालाई आधार बनाएर कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको हो । मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो…
Read More
भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैसँग आग्रह गरेको छ । सेनाको जनसम्पर्क निर्देशनालयले सूचना निकालेर आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएकाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो । सेनाले सूचना आदानप्रदानको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ । सेनाले देशका विभिन्न ठाउँमा रहेका आठ वटा पृतना हेडक्वार्टरका फोन नम्बरसहितको विवरण सार्जजनिक गर्दै भ्रामक सूचनामा विश्वास नगर्न भनेको हो ।
Read More
प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

काठमाडौं : सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन, संसदमा लगिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तारूढ दलका नेताहरुले फरक–फरक अभिव्यक्ति दिइरहेका छन्। विपक्षी दलहरुले विरोध गरिरहेका बेला सत्तापक्षको समान धारणा बनाउने प्रयास गर्न लागिएको हो। सरकारमा हाल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी सहभागी छन्। रासस
Read More
डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीः डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा शव फेला परेको हो। शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
Read More
धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको हो। नेशनल/पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए। वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण गर्न सम्झौता भएको हो। निर्माण कम्पनीले २०८३…
Read More
अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

त्रिवेणी (रुकुमपश्चिम), भदौ  ६ गते । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो । अरिङगालको टोकाइबाट घाइते हुनुभएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने गाउँपालिका–५ स्थित  धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको…
Read More
भैँसीगोठमा मरेकाे बाघ फेला पर्‍याे

भैँसीगोठमा मरेकाे बाघ फेला पर्‍याे

हेटौँडा, भदौ ६ गते । पश्चिम मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । ३ बजेको समयमा मनहरी गाउँपालिका वडा नं.६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एउटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीको भनाइ छ । प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी…
Read More
त्रिविमा फेरि किचलो

त्रिविमा फेरि किचलो

काठमाडौँ, भदौ ६ गते । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो । समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन । तथापि सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उहाँहरू बुधबारदेखि नियमित काममा फर्कनुभएको छ । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम…
Read More