24
Mar
काठमाडौँ : नेपालमा अझै पनि दैनिक ४३ जना नेपालीको मृत्यु क्षयरोग (टीबी) का कारण मृत्यु हुने गरेको पाइएको छ। समयमा नै पत्ता लागेर चिकित्सकको निगरानीमा बसेर औषधी सेवन गरे पूर्णरूपमा निको हुने रोगबाट वार्षिकरूपमा यो संख्यामा मृत्यु हुनु जनस्वास्थ्यको एउटा चुनौती बनेको छ। विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिएको विवरण अनुसार हाल नेपालमा दैनिक ४३ जना नेपालीले क्षयरोगकै कारण जीवन गुमाउछन् भने वार्षिक १६ हजार नेपालीको क्षयरोगकै कारण मृत्यु हुन्छ। युवा उमेर समूहका नेपाली जोखिममा सम्मेलनमा केन्द्रका निर्देशक भुवन पौडेलका अनुसार क्षयरोग देखिनेमा सबैभन्दा धेरै १५ देखि ४९ वर्ष उमेर समूहका युवा छन्। केन्द्रका निर्देशक पौडेलले भने, ‘वार्षिक रूपमा भेटिने…






