Skip to main content

धनगढी न्यूज

मिर्गी रोग के हो? कस्ता हुन्छन् लक्षण?

Advertisement

मिर्गी वा छारे रोग दीर्घ रोग हो। यो रोगमा बिरामीमा एक्कासि विद्युतीय तरंग पैदा हुन्छ। बिरामी बेहोस हुने, काम्ने, मुखबाट फिँज आउने, दाँत किट्ने, जिउ कडा हुने जस्ता लक्षण देखापर्छन्।

त्यस्तै बिरामीलाई केही बेरसम्म होस आउँदैन।

मिर्गीका अरू फरक खाले लक्षण पनि हुन सक्छन्। मिर्गी हुन बेहोस हुनैपर्छ भन्ने छैन। दिमागमा विद्युतीय तरंग पैदा भएर जस्तासुकै लक्षण देखिए पनि त्यसलाई मिर्गी भनिन्छ।

मिर्गीमा ‘सिजर’ हुन्छ। सिजरको ठ्याक्कै नेपाली शब्द छैन। बिरामीलाई ज्वरो आउनु, काम्नु, बेहोस भएर ढल्नुलाई सिजर भनिन्छ। सिजरको लक्षण पटक पटक देखिनुलाई नै मिर्गी भनिन्छ।

एक पटक सिजर देखिँदैमा मिर्गी भएको मानिँदैन। कहिलेकाहीँ शरीरमा ग्लुकोज (सुगर), नुनको मात्रा कम भएर, अरू रोगका कारण आइसियुमा भएका बेला पनि सिजर हुन सक्छ।

सिजरका कारण बेहोस भएपछि कति बेला होस आउँछ भन्ने स्थिर समय हुँदैन। सामान्यतया दुई मिनेटभन्दा कम समय बेहोस हुन्छ। जिउ कडा भइसकेपछि, अलिकति होस आइसकेपछि पनि पूरा होस आउन १० देखि १५ मिनेट लाग्न सक्छ। अलिकति अलमलजस्तो भइरहन सक्छ।

तर दुई मिनेटभन्दा बढी समय जिउ कम्पन भइरह्यो, जिउ कडा भइरह्यो र होसमै आउन भने अस्पताल लैजानुपर्छ।

बच्चाहरूमा भने यसको लक्षण फरक हुन सक्छ। एकोहोरो टोलाइरहने, बोलाउँदा वास्ता नगर्ने, एउटै कुरा पटक पटक दोहोर्‍याएर गर्ने, जिब्रो चलाउने, मुख चलाउने, आँखा झिमझिम मात्र गरिरहने, हातहरू दोहोर्‍याएर चलाइरहने, पढाइमा मन नलाग्ने हुन्छ। पढ्दैन, बोलाएको सुन्दैन, एकोहोरो मात्र हेर्छ भनेर विद्यालयबाट गुनासो आएको छ भने त्यो मिर्गीको लक्षण हुन सक्छ।

यो रोग थाहा पाउन दिमागमा विद्युतीय तरंगको परीक्षण गर्नुपर्छ।

मिर्गी कुनै विशेष उमेर समूहलाई मात्र हुने होइन। जन्मिँदैको बच्चादेखि वृद्धसम्मलाई हुन सक्छ। कहिलेकाहीँ बच्चा जन्मिँदा अक्सिजन नपुगेका कारण पनि यस्तो हुन सक्छ।

यसको उपचार भनेको सुगर, प्रेसरमा जस्तै औषधिका माध्यमबाट लामो समय नियन्त्रण गरेर राख्ने हो। लामो समय कुनै लक्षण देखिएन भने औषधि कम गर्न सकिन्छ कि भनेर हेरिन्छ। कतिपय अवस्थामा शल्यक्रिया पनि हुन्छ। कतिपयलाई जीवनभर औषधि खानुपर्ने हुन सक्छ।

औषधि खाएर रोग नियन्त्रण भएका बिरामीले सामान्य जीवन यापन गर्न सक्छन्। औषधि खाइरहेको छ, नियन्त्रणमा छैन भने ‍गाडी चलाउने, हवाइजहाज उडाउने, पौडी खेल्ने जस्ता गतिविधि गर्नु हुँदैन।

नियमित औषधिसँगै ७–८ घन्टा मस्त सुत्नुपर्छ। लागुऔषध, धूमपान, मद्यपान गर्नु हुँदैन।सेतोपाटी बाट साभर

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...