22
Aug
धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन उत्पादन हुन थालेको छ। सुन, मह घ्यू तथा अन्य आयुर्वेदिक औषधीय लवण मिश्रित स्वर्ण प्राशन चिकित्सालयमा कार्यरत चिकित्सकले तयार गर्न थालेका हुन्। काश्यप संहितामा वर्णित विधिअनुसार स्वर्ण प्राशन तयार गरिन्छ। स्वर्ण प्राशन खुवाउँदा बालबालिकाको रोगसँग लड्ने क्षमता बढ्छ। बालबालिकाको र शारीरिक र मानसिक विकासका लागि स्वर्ण प्राशन खुवाउनुपर्ने चिकित्सालयका मेसु रामकामेश्वर ठाकुरले बताए। "काश्यप संहितामा उल्लेख विधि र प्रक्रियाअनुसार स्वर्ण प्राशन तयार गरेर निःशुल्क खुवाउन थालेका छौँ। हरेक महिना पुष्य नक्षत्र परेको दिन पाँच वर्षमुनिका बालबालिकालाई प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन खुवाउने छौँ", मेसु डाक्टर ठाकुरले भने। विज्ञापन स्वर्ण प्राशन बहुउपयोगी औषधी हो भएको…






