Skip to main content

धनगढी न्यूज

स्वास्थ्य

औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताए। 'यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ', उनले भने, 'पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ।' उनले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको बताए। 'नेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ आउने गरेका छन्', औलो निरीक्षक भट्टले…
Read More
औषधीय गुण भएको महुवा सङ्कलन सुरु

औषधीय गुण भएको महुवा सङ्कलन सुरु

धनगढीः औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ। कैलालीका स्थानीयले वनमा पाइने महुवा सङ्कलन गर्न थालेका हुन्। महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ। गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन्। होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ। यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन्। रुखबाट महुवा झर्न थालेपछि गाउँघरवासीले बटुल्न थालेको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक दिनेश चौधरीले बताए। “महुवा सङ्कलनको काम सुरु भइसकेको छ”, उनले भने, होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन मन पराउने गरेका बताइन्छ। गाउँघरमा पाहुनालाई पनि महुवाको रक्सी दिने चलन रहेको छ।…
Read More
गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

धनगढीः कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया भएको छ। धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो। ती बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो। गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको हो। अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा.मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा.आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका विष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो। सेती प्रादेशिक अस्पतालबाट काठमाडौं रेफर गरिएपछि काठमाडौं या भारत कता जाने भन्ने सल्लाह गरिरहेका बेला गेटामा त्यो उपचार सम्भव भएको जानकारी पाएपछि गेटामै उपचार गराएको गिरीले बताए। उनी…
Read More
नयाँ वर्षमा ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण, विजेतालाई ७५ हजार पुरस्कार

नयाँ वर्षमा ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण, विजेतालाई ७५ हजार पुरस्कार

धनगढी : ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण नयाँ वर्ष २०८२ सालको वैशाख १ गतेको दिन आयोजना हुने भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथन नयाँ बर्षको दिन आयोजना गर्ने धनगढीमा सोमबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले जानकारी दिए । धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर समापन…
Read More
गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम अनुसारको दिनैकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ । वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् । भेलसँगै बगेर आउने पानीको मुहान दूषित हुने, गर्मीमा बढी झिँगा भन्किने र खानेकुरा पनि छिटै बासी हुने हुनाले खानेकुराहरुमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यस्ता सडेका खानेकुराबाट भाइरस वा ब्याक्टेरिया आदि उत्पन्न हुन्छन । जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छन् । त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ…
Read More
सरकारले एक महिना पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान चलाउँदै

सरकारले एक महिना पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान चलाउँदै

काठमाडौं :  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो। महाशाखा प्रमुख डाक्टरविवेककुमार लालले फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिए। उनका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ। नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर…
Read More
गेटा विश्वविद्यालय सञ्चालनको प्रश्न गर्दा गृहमन्त्री लेखकले सुनाए आफ्नै व्यथा

गेटा विश्वविद्यालय सञ्चालनको प्रश्न गर्दा गृहमन्त्री लेखकले सुनाए आफ्नै व्यथा

धनगढी : गृहमन्त्री रमेश लेखकलाई कैलालीको गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनको विषयमा प्रश्न गर्दा उनले आफ्नै व्यथा सुनाएका छन। गृह प्रदेश सुदूरपश्चिमको धनगढीमा बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा गेटामा विश्वविद्यालय सञ्चालनमा भएको ढिलाइका विषयमा प्रश्न गर्दा उनले आफ्नो व्यथा सुनाएका हुन। कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पुगेको छ। प्रतिनिधि सभाको शिक्षा समितिमा दफावार छलफलका लागि विधेयक पुगेको हो। लामो समयदेखि विधेयक प्रतिनिधि सभामा पेस नभएको विषयमा पत्रकारले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले स्पष्ट जवाफ दिएनन। उनले प्रतिनिधि सभामा लामो समयदेखि धेरै विधेयकहरु जान नपाएको बताए। उनले भने, ‘यलाई चाँडो सञ्चालन…
Read More
किन हुन्छ कपाल झर्ने र फुल्ने समस्या, जोगाउने कसरी?

किन हुन्छ कपाल झर्ने र फुल्ने समस्या, जोगाउने कसरी?

सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ। उमेर पुगेपछि कपाल फुल्नु स्वाभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्। कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम, भिटामिन डी, भिटामिन बी-१२ को कमीले…
Read More
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली  बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई…
Read More
डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीः डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा शव फेला परेको हो। शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
Read More