Skip to main content

धनगढी न्यूज

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

Advertisement

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम अनुसारको दिनैकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ ।

वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् ।

भेलसँगै बगेर आउने पानीको मुहान दूषित हुने, गर्मीमा बढी झिँगा भन्किने र खानेकुरा पनि छिटै बासी हुने हुनाले खानेकुराहरुमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।

यस्ता सडेका खानेकुराबाट भाइरस वा ब्याक्टेरिया आदि उत्पन्न हुन्छन । जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छन् । त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने कुरामा सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।

गर्मी मौसममा स्वास्थ्यमा पर्न सक्ने मुख्य समस्याहरु यस्ता छन्ः


  • घामले शरीर पोलेर कालो बनाउने
  • धेरै पसिना आउने
  • गर्मी अति नै हुँदा ‘हाइपरथर्मिया’ बिमारी हुनसक्ने
  • वाकवाकी लाग्ने
  • टाउको दुख्ने
  • रिँगटा लाग्ने
  • आँखा पाक्ने वा हेर्न कठिनाइ हुने
  • बेहोस हुने
  • नाथ्री फुटेर नाकबाट रगत आउने
  • घाउ खटिरा तथा घमौरा निस्कने
  • ज्वरो आउने
  • छालालाई तापक्रम सन्तुलित बनाउन समस्या हुँदा निकै रातो हुने
  • डिहाइड्रेसन्
  • झाडाबान्ता, हैजा आदि समस्या हुने
  • पाखुरा र खुट्टाका मांसपेशी दुख्ने वा शिथिल हुने

गर्मीयाममा स्वस्थ्य रहन के गर्ने ?


राति सुत्दा लामखुट्टे, उडुस, उपियाँ, भुसुना आदिले टोकेमा निद्रा नपुग्ने हुनसक्छ । यसका साथै मलेरिया, ईन्सेफ्लाईटिस जस्ता रोग पनि लाग्न सक्ने भएकोले यसबाट बच्न झुल लगाएर सुत्नु सबैभन्दा उत्तम उपाय हो । तर कसैकसैलाई झुल लगाउन अप्ठ्यारो लाग्न सक्छ ।

त्यसैले झ्यालढोकामा जाली राखेर वा लामखुट्टे आदि तह लगाएर बस्न सकिन्छ । यसका लागि घर वरिपरि हरियाली बनाउनुका साथै पानीका खाल्टा, फोहोर, गाईबस्तुको गोबर र कीरा फट्याङ्ग्रा उत्पन्न हुने स्रोत सफा गरेर चुना छरेमा लामखुट्टेजस्ता किराबाट बच्न सकिन्छ ।

यसका साथै गर्मीयाममा हलुका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागी सनग्लासको प्रयोग गर्ने, छालाको सुरक्षाको लागी सनइस्क्रिन क्रिमको प्रयोग गर्न सकिन्छ । साथै घाममा छाता ओडेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैसँग बोकेर हिँड्ने जस्ता उपायहरु अपनाउन सकिन्छ ।

गर्मी भए पनि बिहान सबेरै उठेर व्यायाम गर्ने, पैदल हिँड््ने जस्ता गतिविधि गरेमा शरीर फुर्तिलो हुन्छ ।

यो मौसममा जीवनशैली व्यवस्थित गर्न सकियो भने युरिक एसिड र कोलेस्टोरल उच्च भएको साथै मधुमेहको बिमारीबाट राहत पाउन सकिन्छ । एकैपटक धेरै नखाने तर थोरैथोरै खाइरहने, पानी प्रशस्त पिउने, बरफयुक्त र गुलियो पेयले छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु नै बेस हुन्छ ।

वर्षाको मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्छ, यसो गर्दा गर्मीको मौसममा शारीरिक समस्या वा जटिलताबाट राहत मिल्छ ।

गर्मी भनेर गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल आदि खानु बिमारी हुने खतरा बढाउनु हो । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा र अरुबेला सकेसम्म नखानु सबैभन्दा राम्रो हुन्छ ।

के कस्ता खाना गर्मीका लागी उपयुक्त ?


खरबुजा, काँक्रो वा खिरा, ‘बेरी’ प्रजातिका फल, मेवा, उखु वा नरिवलको रस, गर्मीका उत्तम फल मानिन्छन । नरिवलको पानीलाई प्राकृतिक इर्नजी डिङ«का रूपमा लिइन्छ ।

पोटासियमको मात्रा उच्च भएकाले उच्चरक्तचाप र मुटुका लागि पनि नरिवल–पानी उपयोगी मानिएको छ । नरिवलको पानीमा केरामा भन्दा बढी पोटासियमको मात्रा भएको हुदाँ स्वास्थ्यका लागी लाभदायक मानिन्छ ।

गर्मी याममा नरिवलको पानी पिउनाले डिहाइड्रेसको समस्या नहुने , कलेजो, मिर्गौला पाचनप्रणाली र उच्च रक्तचाप, मधुमेहमा पनि उत्तम मानिन्छ ।

दही, मोही वा लस्सी, ताजा कागतीको रस मिसाएको पानी , बेलको सर्बत आदि पनि उत्तिकै उपयोगी छन् । त्यस्तै टमाटर, प्याज, मूला, काँक्रो, गाजर मिलाइएको सलाद, झोलयुक्त रसदार खानेकुराहरू पनि खाने बानी बसाल्नुपर्छ ।

ताजा पुदिनाको चटनी, सुखा पापड, अदुवा, लसुन, हरियो खुर्सानी ‘गर्मी काट्ने’ राम्रा खाद्यपदार्थ हुन । पानी उमालेर पिउने गर्दा पनि गर्मीयामका ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ ।

यो मौसममा झाडाबान्ता, आउँ, जन्डिस हेपाटाइटिस, टाइफाइड, जुका, मलेरिया फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी अत्यन्त आवश्यक रहने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...