16
Mar
धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम अनुसारको दिनैकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ । वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् । भेलसँगै बगेर आउने पानीको मुहान दूषित हुने, गर्मीमा बढी झिँगा भन्किने र खानेकुरा पनि छिटै बासी हुने हुनाले खानेकुराहरुमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यस्ता सडेका खानेकुराबाट भाइरस वा ब्याक्टेरिया आदि उत्पन्न हुन्छन । जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छन् । त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ…






