Skip to main content

धनगढी न्यूज

नयाँ वर्षमा ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण, विजेतालाई ७५ हजार पुरस्कार

Advertisement

धनगढी : ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण नयाँ वर्ष २०८२ सालको वैशाख १ गतेको दिन आयोजना हुने भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथन नयाँ बर्षको दिन आयोजना गर्ने धनगढीमा सोमबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले जानकारी दिए । धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर समापन हुनेछ ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिने आयोजकले जनाएको छ । दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्ने प्रतियोगिता संयोजक गौतमले बताए । उनले प्रतियोगितामा सहभागिताका लागि विभिन्न स्थानहरुबाट धमाधम फाराम वितरण भइरहेको र सबैलार्ई सहभागीताका लागि अपिल पनि गरे ।

धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका धनगढी हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ । धनगढी हाफ म्याराथनको गत वर्षको दशौं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरेका कारण हाफ म्याराथनमा रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने धनगढी जेसिजका महासचिव आशिष शाहले जानकारी दिए । पत्रकार सम्मेलन धनगढी जेसिज २०२५ का अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।सोध पत्र बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...