Skip to main content

धनगढी न्यूज

स्वास्थ्य

डोटीमा हँसियाले घाँटी रेटेर एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

डोटीमा हँसियाले घाँटी रेटेर एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

डोटीः डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्। आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए। श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ। लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।
Read More
धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढीको मोहना नदीमा बाढी, सतर्क रहन आग्रह

धनगढी: कैलालीस्थित धनगढीको मोहना नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना नदीमा बाढी आएको हो जल तथा मौसम विज्ञान विभागले कैलालीको मोहना र यसका सहायक नदीहरूमा पानीको बहाउ सतर्कता तह नजिक रहेको बताएको छ। विभागले मोहना नदी क्षेत्र तथा मोहना नदीका कारण डुबान हुनु भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएको छ।
Read More
डाक्टर सा’ब पनि बेरोजगार !

डाक्टर सा’ब पनि बेरोजगार !

सरकारीमा काम पाउँदैनन्, निजीले कम पैसामा पेल्छन्  काठमाडौँ, भदौ ५ गते । नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् । मणिपाल मेडिकल कलेजबाट एमबिबिएस पास गर्नुभएकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो । उहाँले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सक्नुभएन । त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाड्नुभएको छ तर कुनै पनि अस्पतालले उहाँलाई बोलाएका…
Read More
कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु

धनगढी – कैलालीमा खोलामा ड डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार घोडाघोडी नगरपालिका–१० आमखोईयाकी ८ वर्षीय कल्पना रोकायको खोलामा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमवार साँझ खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।
Read More
धनगढीको बागेश्वरी अटो मोटिभ्समा आगलागी

धनगढीको बागेश्वरी अटो मोटिभ्समा आगलागी

धनगढीः धनगढीमा रहेको बागेश्वरी अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको अटो मोटिभ्सको गोदाममा गएराति १०ः३० बजेको समयमा आगलागी भएको हो। उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिएर नियन्त्रणमा लिइएको थियो।
Read More
एनपिएलको लोगो र मिति सार्वजनिक

एनपिएलको लोगो र मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए। एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुने कार्यक्रममा घोषणा गरिएको थियो। क्यानका सचिव पारस खड्काले घरेलु ‌क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै…
Read More
धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

धनगढी:धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्। हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्। कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका  छन्। तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका छैनन्।…
Read More
बझाङको बुङ्गलमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

बझाङको बुङ्गलमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

दार्चुला — बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुङ्गलका सई विरसिंह ठगुन्नाका अनुसार पहिरोले घर पुरिँदा दुई बालिकासहित चार जनाको मृत्यु भएको हो । वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।
Read More
कैलाली: घोडाघोडीमा एक जना मृत अवस्थामा फेला

कैलाली: घोडाघोडीमा एक जना मृत अवस्थामा फेला

   
Read More
बैतडीमा हैजाको जोखिम बढ्दै

बैतडीमा हैजाको जोखिम बढ्दै

बैतडी । बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ । देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । जिल्लाको दोगडाकेदारमा  रहेको नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना सङ्कलन गरिएको हो ।  साथै जिल्लामा बिक्रीका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना सङ्कलन गरिएको जनाएको छ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउने जनाएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा…
Read More