Skip to main content

धनगढी न्यूज

एनपिएलको लोगो र मिति सार्वजनिक

Advertisement

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए। एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुने कार्यक्रममा घोषणा गरिएको थियो।

क्यानका सचिव पारस खड्काले घरेलु ‌क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै एनपिएलमा सहभागिताका लागि चासोको देखाउने सबैलाई धन्यवाद दिए ।

उनले भने, ‘नेपालको टि ट्वान्टी विश्वकपको तयारीका कारण एनपिएलको पूर्व निर्धारित समय भन्दा केही ढिला हुन गएको हो ।’

सचिव खड्काले विश्वकपमा आइसिसीको साधारणसभाका सहभागीहरुले विश्वकपमा नेपालको प्रदर्शनको चर्चा गर्दै भविष्य कसरी अघि बढ्छ भनेर चासो राखेको बताए । खेलकुद मन्त्री चौधरीले व्यवस्थित क्रिकेट रंगशाला नभएपनि खेलाडीको मेहनत, क्यानको संघर्षले नेपाली क्रिकेटले विश्वमा चिनाएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एपिएफको आयोजनामा आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए । उने भने, विदेशी खेलाडी आउने भएकाले भिसा, वर्क परमिटलगायतका काम गर्नु पर्ने हुन्छ । त्यसका लागि राखेप अलग्गै डेस्क राख्नेछौं।’

क्यानको अध्यक्ष चतुरबहादुर चन्दले हाल नेपाली क्रिकेट टोली हाल भारतीय क्रिकेट बोर्डको‌ सहयोगमा प्रशिक्षणमा रहेको जानकारी दिए। उनले नेपाली क्रिकेट विस्कासका लागि भारतीय विदेश मन्त्री एसजयशंकर र भारतीय दुतावासले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिए।

क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टि ट्वान्टी लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल आफै गर्ने निर्णय लिएको थियो।

प्रधानमन्त्री केपी‌ ओलीले लोगो अनावरण गर्ने भनिए पनि अस्वस्थताका कारण उपस्थित हुन नसकेको कार्यक्रममा जानकारी दिइएको थियो

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...