Skip to main content

धनगढी न्यूज

धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

Advertisement

धनगढी:धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्।

हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्।

कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका  छन्।

तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका छैनन्। उता प्रहरीले भने घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीका अनुसार आइतबार दिउँसो डेरा गरि बस्ने थापा काेठाको झ्यालमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

आफन्तले भने यस घटना शंकास्पद भनिरहेका छन्। अहिलेसम्म उनको शव उठाइएको छैन। थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट प्रथम वर्षमा पढ्दै आएकी थिइन्। उनी प्रेम सम्बन्धमा पनि रहेको बताइएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...