Skip to main content

धनगढी न्यूज

किन हुन्छ कपाल झर्ने र फुल्ने समस्या, जोगाउने कसरी?

Advertisement

सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ।

उमेर पुगेपछि कपाल फुल्नु स्वाभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ।

सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम, भिटामिन डी, भिटामिन बी-१२ को कमीले गर्दा समेत कपाल फुल्छ।

कपालमा कालोपना आउने तत्वको कमीले कपाल फुल्ने समस्या हुन्छ। यसको औषधि त छ। तर पूरै निर्मूल हुनेगरी उपचार गर्न कठिन हुन्छ।

कपाल झर्ने समस्या विभिन्न कारणले हुन्छ। यसको आन्तरिक र बाह्य कारण दुवै हुन्छ। खानामा पौष्टिक तत्वको कमी, आइरनको कमी लगायतले यो समस्या हुन्छ। त्यस्तै डेंगी, कोभिड र टाइफाइड लगायतका रोग लागेको तीन महिनापछि कपाल झर्ने समस्या हुन्छ।

त्यस्तै थाइराइडको कारणले समेत कपाल झर्छ। भिटामिन डी, भिटामिन बी-१२ को कमीले गर्दा पनि कपाल झर्छ। बच्चा जन्मिएपछि पनि कतिपयमा कपाल झर्ने समस्या हुन्छ।

ज्वरोका कारणले कपाल झरेको छ भने त्यो विस्तारै ठीक हुन्छ। यो बाहेकका समस्याले कपाल झरेको छ भने त्यसको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।

Ncell

हिजोआज कपाल प्रत्यारोपण गर्न पनि सहज हुँदै गएको छ। अगाडिको भागको मात्रै कपाल गएको छ भने पनि प्रत्यारोपण गर्न सकिन्छ। अहिले त आँखीभौं समेत प्रत्यारोपण गर्न सकिन्छ।

कपाल झर्ने समस्या किन हुन्छ, यसको उपचार कसरी गर्ने, कपाल फुल्ने समस्या र यसको उपचार लगायतका विषयमा हामीले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अमृता श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...