Skip to main content

धनगढी न्यूज

स्वास्थ्यकर्मीको सेवामा विभेद भएको गुनासो

Advertisement
स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् ।

बैतडी। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् ।
स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदमा कायम हुने गरी समायोजन ऐन २०७५’ अनुसार समायोजनमा परेका स्वास्थ्यकर्मी लामो समयदेखि ऐनको मर्म अनुसार सेवा प्रवाह गर्न नसकिएको तथा वर्तमान स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई समान व्यवहार गर्नुपर्ने भन्दै सुदूरपश्चिम प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीको सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

स्वास्थ्यकर्मीको नेतृत्वमा गठन भएको ‘स्थानीय तह स्वायत्त स्वास्थ्यकर्मी सङ्घर्ष समिति, सुदूरपश्चिम प्रदेश’ का अनुसार समायोजनपछि आफूहरू राज्यद्वारा स्थापित कानुनी संरचना अनुसार सेवा दिँदै आए पनि तलब, सुविधा, सरुवालगायतका विषयमा विभेद भोग्नु परेको अवस्था रहँदै आएको छ । तीनबुँदे मुख्य माग राखिएको ज्ञापनपत्रमा सङ्घीय निजामती सेवा ऐन अनुसार समायोजनमा परेका स्वास्थ्यकर्मीको हकहित सुनिश्चित गरिनुपर्ने, ऐन तथा नियम अनुसार  कर्मचारीसँग समान व्यवहार गरिनुपर्ने र विभेदपूर्ण व्यवहारको अन्त्य गरी स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक नीतिगत निर्णय गर्नुपर्ने माग गरिएको छ ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य समस्या

स्वास्थ्य सेवा प्रभावित स्वास्थ्यकर्मीले आन्दोलनको कार्यक्रम अघि बढाउँदा ग्रामीण क्षेत्रमा पर्ने सेवा प्रभावबारे पनि चासो व्यक्त गरिएको छ । अहिले मौसमी सङ्क्रमणको समय भएकाले डेङ्गु, भाइरल ज्वरो, रुघाखोकी, खोप तथा प्रसुति सेवामा व्यापक असर परेको स्थानीयवासीको भनाइ छ ।

“स्वास्थ्यकर्मी आन्दोलनमा लाग्दा दैनिक स्वास्थ्य सेवा प्रवाहमा अवरोध आइरहेको छ,” बैतडीको सिगास गाउँपालिकास्थित स्वास्थ्यचौकी प्रमुख तथा सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले बताए । उनले ज्ञापनपत्रमार्फत राखिएका माग पूरा नभए चरणबद्ध आन्दोलनलाई थप तीव्र बनाउने चेतावनीसमेत दिए । धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...