Skip to main content

धनगढी न्यूज

सूचना प्रबिधि

प्रदेश सरकारले सांसदलाई बाढ्यो बजेट

प्रदेश सरकारले सांसदलाई बाढ्यो बजेट

सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुलाई यसअघि करिब दुई अर्ब २३ करोड भाडबण्डा गरेकोमा त्यो अंक बढाएर तीन अर्ब ६१ करोड पुर्‍याएको छ। यसअघि प्रत्यक्षतर्फका सांसदलाई पाँच करोड र समानुपातिकतर्फका सांसदलाई तीन करोड दिने भनिएकामा त्यो अंक बढाएर प्रत्यक्षतर्फका लागि आठ करोड र समानुपातितर्फका लागि पाँच करोड पुर्‍याएको छ। यसअघि प्रत्यक्षतर्फका ३२ जनाका लागि पाँच करोडका दरले एक अर्ब ६० करोड र समानुपातिकतर्फका २१ जनाका लागि तीन करोडका दरले भाग दिएर ६३ करोड छुट्याएको थियो। त्यसबाहेक शक्तिशाली सांसदहरुका लागि बेग्लै बजेट उपलब्ध गराउने तयारी सरकारको थियो। आफ्नो भाग परेको बजेटबाट सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र तथा रुचिअनुसारका आयोजना र बजेट प्रस्ताव तयार गरी…
Read More
सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

९ वैशाख , २०८३: सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले स्पष्ट पारे । यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त…
Read More
प्लेटफर्म बन्द गरेर जोगिंदैन डिजिटल सार्वभौमिकता

प्लेटफर्म बन्द गरेर जोगिंदैन डिजिटल सार्वभौमिकता

एउटा मूल प्रश्न उठ्ने गर्दछ- नेपालले अब सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको सन्दर्भमा कस्तो नीति, ऐन–कानून र नियम अवलम्बन गर्ने? नेपाल जस्तो देशमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू तीव्र गतिमा फैलिएका छन् तर तिनीहरूलाई नियमन गर्न खोज्दा ओली सरकार सत्ताच्युत हुनुपरेको यथार्थ सबैको सामु नै छ। नेपाल सरकारको नियमन गर्ने कानून बन्न नसकेको अवस्था, संस्थागत क्षमता, पारदर्शिता र उत्तरदायित्व बहन क्षमता न्यून रहेको परिप्रेक्ष्यमा अनियमित सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभाव/कुप्रभावले नेपाली समाजलाई अराजकतातर्फ धकेलेको स्पष्ट देखिन्छ। अहिले नेपालको ठूलो चुनौती भनेको नै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको नियमन हो। परिणामतः सामाजिक सञ्जाल र डिजिटल माध्यमहरू सूचना–सम्प्रेषणका साधन मात्र नभई…
Read More
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६ सय ९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । एसईईको पूरक परीक्षा गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको थियो ।
Read More
शिक्षा मन्त्रालयले भन्यो , कार्यालय समयमा टिकटिक नबनाउनु

शिक्षा मन्त्रालयले भन्यो , कार्यालय समयमा टिकटिक नबनाउनु

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा शाखाले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक लगायतका भिडियोहरू नबनाउन निर्देशन दिएको छ। शाखाद्धारा आज प्रकाशित विज्ञप्तिमा सो अनुरोध सहितको निर्देशन दिइएको छ । विज्ञप्तिमाा बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न भनिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्राप्त गुनासोका आधारमा यो निर्देशन जारी गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाले यस विषयमा समन्वय, सहयोग र सहजीकरणका लागि अनुरोध गरेको छ।
Read More
भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैसँग आग्रह गरेको छ । सेनाको जनसम्पर्क निर्देशनालयले सूचना निकालेर आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएकाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो । सेनाले सूचना आदानप्रदानको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ । सेनाले देशका विभिन्न ठाउँमा रहेका आठ वटा पृतना हेडक्वार्टरका फोन नम्बरसहितको विवरण सार्जजनिक गर्दै भ्रामक सूचनामा विश्वास नगर्न भनेको हो ।
Read More
नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

नेक्सु थिंकल्याबद्धारा विभिन्न विद्यालयमा स्टिम कार्यक्रम सुरु

  नेक्सु थिंकल्याबवद्धारा आफूले निर्माण तथा डिजाइन गरेका स्टिमका सामग्रीहरु विभिन्न विद्यालयमा प्रयोग हुन थालेका छन् । यस क्षेत्रका साझेदार विद्यालयका विद्यार्थीहरुलाई परम्परागत कक्षाकोठाबाट सिर्जनशील , अन्वेषण तथा आयमूलक क्षेत्रमा लगाउने उद्देश्यले यो कार्य सुरु गरिएको हो । गत केहि हप्तादेखि नै नेक्सु थिंकल्याबका स्टिम सामग्रीहरु किड्स जोन , ज्ञान ज्योति , सत्यवती तथा एभरेष्ट एकेडेमीमा पुगिसकेको नेक्सु थिंकल्याबका सञ्चालकले जनाए । यी सबै निर्माण सामग्रीहरु पाठ्यक्रम विकास केन्द्रले प्रविष्ट गरेको विद्यालय तहको पाठ्यक्रममा आधारित रही विद्यार्थीलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाईतर्फ उन्मुख रहेको जनाइएको छ । नेक्सु थिंकल्याब स्टिम कार्यक्रम अन्तर्गत २० भन्दा धेरै कक्षा ३ देखि ८ सम्मका…
Read More
त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित BIM कार्यक्रमलाई परिवर्तन गरी BITM(Bachelor of Information Technology Management) को रुपमा अगाडि बढाइने भएको छ । व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन हुँदै आएको कार्यक्रममा समयानुसार केही परिवर्तन गर्दै यसै शैक्षिक सत्र २०८२०८३ देखि लागु हुने गरी यसको नाम BITM राखिएको हो । व्यवस्थापन संकाय अन्तर्गत राखिएको भएतापनि यसमा प्रत्येक सेमेष्टरमा व्यवस्थापन तथा आइटीका बराबर विषयहरु रहेका छन् । त्यसको अलावा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न प्रयोगात्मक ज्ञान , सीप तथा प्रोजक्टमा आधारित शिक्षणसिकाइ पनि पाठ्यक्रमले निर्दिष्ट गरेको छ । साथै , अन्तिम वर्षमा विद्यार्थीहरुलाई प्रतिपर्धात्मक बजारको व्यवहारिक ज्ञान प्रदान गर्ने हेतुले इन्टर्नसीपको पनि व्यवस्था गरिएको छ ।…
Read More
बैतडीमा मृग मारेर जोगिएका कर्णले गोली हानेर भाइ मारे

बैतडीमा मृग मारेर जोगिएका कर्णले गोली हानेर भाइ मारे

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ का सुरेन्द्र विष्टले दाइ नाता पर्ने कर्णबहादुर विष्टलाई ४० हजार सापटी दिए। चार वर्ष अगाडि ४५ वर्षीय दाइ कर्णबहादुरलाई सापटी दिएका सुरेन्द्रले पटक–पटक रकम फिर्ता माग्दै आए। उनीहरूको बिचमा लेन–देनको विषयमा झगडासमेत हुने गरेको थियो। गाउँ–परिवारले उनीहरूको झगडामा मिलापत्र गर्दै आए। सुरेन्द्र जिप चालक हुन। उनको आफ्नै जिप छ। कर्णबहादुर किसान हुन। उनको अन्य आर्थिक स्रोत छैन। उनी नेताहरूसँग निकट हुने व्यक्ति हुन। उनको नाममा ऋण भएकाले सुरेन्द्रले ४० हजार सापटी दिएका हुन। तर, ऋण लिएको रकम फिर्ता नदिएपछि सुरेन्द्र र कर्णको विवाद हुने गरेको थियो। गत, शनिवार साँझ सुरेन्द्रको गोली हानेर हत्या भयो। जिल्लामा कहालीलाग्दो घटना…
Read More
एसपिए कलेजमा SPA TECH FEST 0.2 सम्पन्न

एसपिए कलेजमा SPA TECH FEST 0.2 सम्पन्न

धनगढीको एसपिए कलेजमा भव्य कार्यक्रमविच आज SPA TECH FEST 0.2 सम्पन्न भएको छ । कैलाली र कंचनपुरका विभिन्न विद्यालय सहभागी रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका सामाजिक विकास राज्य मन्त्री माननिय सरस्वती खड्का रहनुभएको थियो । विभिन्न १५ वटा प्रतियोगिता तथा प्रदर्शनी रहेको उक्त कार्यक्रमको अध्यक्षता एसपीए रोबोर्टिक्स क्लबका अध्यक्ष जैनुल अल जफर सिद्धिकीले गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो कला प्रदर्शनी तथा प्रतियोगिताहरुमा प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि माननिय राज्य मन्त्री खड्काले सुदूर पश्चिम प्रदेशमा रहेका नव प्रवर्तनका कार्यमा सरकारको साथ र समर्थन रहेको बताउनु भयो । विभिन्न प्रदर्शनीको स्थलगत अवलोकनका…
Read More