Skip to main content

धनगढी न्यूज

बैतडीमा मृग मारेर जोगिएका कर्णले गोली हानेर भाइ मारे

Advertisement

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ का सुरेन्द्र विष्टले दाइ नाता पर्ने कर्णबहादुर विष्टलाई ४० हजार सापटी दिए।

चार वर्ष अगाडि ४५ वर्षीय दाइ कर्णबहादुरलाई सापटी दिएका सुरेन्द्रले पटक–पटक रकम फिर्ता माग्दै आए।

उनीहरूको बिचमा लेन–देनको विषयमा झगडासमेत हुने गरेको थियो। गाउँ–परिवारले उनीहरूको झगडामा मिलापत्र गर्दै आए। सुरेन्द्र जिप चालक हुन। उनको आफ्नै जिप छ। कर्णबहादुर किसान हुन। उनको अन्य आर्थिक स्रोत छैन। उनी नेताहरूसँग निकट हुने व्यक्ति हुन। उनको नाममा ऋण भएकाले सुरेन्द्रले ४० हजार सापटी दिएका हुन। तर, ऋण लिएको रकम फिर्ता नदिएपछि सुरेन्द्र र कर्णको विवाद हुने गरेको थियो। गत, शनिवार साँझ सुरेन्द्रको गोली हानेर हत्या भयो। जिल्लामा कहालीलाग्दो घटना घटेको हो।

पेशाले यातायात व्यवसायी रहेका सुरेन्द्र शनिवार राति घर नजिकैको होटेलमा खाना खाइरहेका थिए। त्यहीँ बेला कर्णबहादुर पुगे। सुरेन्द्र र कर्णबहादुरको बिचमा लेनदेनको विषयमा फेरि विवाद भयो। विवाद हुन थालेपछि होटेलमा रहेका अन्य व्यक्तिहरुले कर्णबहादुरलाई घर पठाए। तर, घर गएका कर्णबहादुर भने केही बेरमा बन्दुक लिएर सुरेन्द्र खाना खाइरहेको होटेलमा पुगे। सुरेन्द्रको पछाडिबाट गोली प्रहार गरे। उनी घाइते भए। अस्पताल लैजादै गर्दा उनको बाटोमा मृत्यु भयो। कर्णबहादुर फरार भएका छन्।

सुरेन्द्रको परिवार स्रोतले सापटीको ४० हजारका कारण ज्यान गएको बताएको छ। परिवारका एक सदस्यले भने, ‘४० हजार सापटी लिएको थियो। चार÷पाँच वर्षसम्म फिर्ता दिएन। धेरै पटक उनीहरूको बिचमा झगडा हुने गरेको थियो। सोही विषयमा विवाद हुँदा कर्णले गोली हानेको हो।’दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...