04
Mar
धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ का सुरेन्द्र विष्टले दाइ नाता पर्ने कर्णबहादुर विष्टलाई ४० हजार सापटी दिए। चार वर्ष अगाडि ४५ वर्षीय दाइ कर्णबहादुरलाई सापटी दिएका सुरेन्द्रले पटक–पटक रकम फिर्ता माग्दै आए। उनीहरूको बिचमा लेन–देनको विषयमा झगडासमेत हुने गरेको थियो। गाउँ–परिवारले उनीहरूको झगडामा मिलापत्र गर्दै आए। सुरेन्द्र जिप चालक हुन। उनको आफ्नै जिप छ। कर्णबहादुर किसान हुन। उनको अन्य आर्थिक स्रोत छैन। उनी नेताहरूसँग निकट हुने व्यक्ति हुन। उनको नाममा ऋण भएकाले सुरेन्द्रले ४० हजार सापटी दिएका हुन। तर, ऋण लिएको रकम फिर्ता नदिएपछि सुरेन्द्र र कर्णको विवाद हुने गरेको थियो। गत, शनिवार साँझ सुरेन्द्रको गोली हानेर हत्या भयो। जिल्लामा कहालीलाग्दो घटना…






