09
Jun
कैलालीको धनगढीमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा जेठ २७ र २८ गते श्रमाधान रोजगार मेला भइरहेको हो । धनगढीको ओम प्यार्टी प्यालेसमा आयोजना हुने मेलाबाट दुई हजारभन्दा बढी जनालाई रोजगारीका अवसर प्रदान गरिने अपेक्षा लिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई रोजगार दातासम्म पुर्याउने उद्देश्यले श्रमाधान मेलाको आयोजना गरिएको बताए । पछिल्लो समय नेपाली युवा वैदेशिक रोजगारीमा जानेक्रम बढ्दै गएको छ । आन्तरिक रोजगारीतर्फ ध्यान नपुर्याउन सकिराखेको अवस्थामा आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न एउटा अभियानका रूपमा…






