धनगढी न्यूज

पर्यटन

एक महिनामै भित्रिए १ लाख ५ हजार पर्यटक

एक महिनामै भित्रिए १ लाख ५ हजार पर्यटक

१९ फागुन, काठमाडौं । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । २०१९ को तुलनामा समेत आगमनमा सुधार भएको छ । त्यस वर्ष १ लाख २ हजार ४ सय २३ पर्यटक आएको बोर्डको तथ्यांक छ । नेपाल आगमनमा सुधार आउनुमा भारतीय पर्यटक आगमनमा…
Read More
तस्विरमा मनोरम पुम्दीकोट

तस्विरमा मनोरम पुम्दीकोट

काठमाडौँ : पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ पर्यटकीय स्थल बनेको छ। पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रूपमा लोकप्रिय भइरहेको छ। पुम्दिकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएको हो। करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका संरचना बनाइएको छ। पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।थाहाखबर बाट साभार हेर्नुहोस् तस्विर-                        
Read More
नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

सुदूर पश्चिमको प्रसिद्ध तीर्थस्थल गंगेश्वर धाम अर्थात गहनान क्षेत्रमा श्रीमद् भागवत महायज्ञको आयोजना गरिने भएको छ । डोटी र डडेल्धुरा क्षेत्रको सीमानामा पर्ने उक्त गहनान क्षेत्रमा नवरात्रीको अवसर पारेर यही चैत्र १७ गतेबाट महायज्ञको आयोजना गर्न लागिएको हो । स्कन्द पुराणको मानसखण्डमा समेत चर्चा गरिएको उक्त क्षेत्रमा शाकल्य ऋषिले तपस्या गरेको तपोभूमीका रुपमा समेत गहनान क्षेत्रलाई लिने गरिन्छ । विभिन्न देवीदेवता मन्दिरहरु अवस्थित उक्त क्षेत्रमा पौराणिक महत्व बोकेका दुई नदीहरु कौसिक तथा शाकिल्या नदीको संगम पनि रहेको छ । त्यस क्षेत्रको सांस्कृतिक एवम् पर्यटकीय महत्व दर्शाउने हेतुले प्रचार प्रसार तथा प्रवद्र्धन गर्न आवश्यक ठानेर गहनान क्षेत्र विकास समितिले उक्त महायज्ञ…
Read More
प्रेम आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

प्रेम आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ । सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय…
Read More
२५ वर्षमा बदलिएको बर्दिवास

२५ वर्षमा बदलिएको बर्दिवास

२२ असोज, जनकपुरधाम । दोलखा तामाकोशी गाउँपालिका–४, च्यामाकोशीका ५१ वर्षीय नारायण घिमिरे २०६९ सालमा महोत्तरीको बर्दिवासमा बसाइँ सरे । बर्दिवास नगरपालिका–३, गौरीबाडामा बस्दै आएका घिमिरेको बजार चोकमै गौरीशंकर होटल एण्ड लज सञ्चालनमा छ । बसाइँ सर्नुअघि उनी काठमाडौंमा मोटर व्यवसायमा आबद्ध थिए । व्यापारिक दृष्टिकोणले बर्दिवास उपयुक्त लागेकोले दोलखाबाट यहाँ बसाइँ सरेको उनी बताउँछन् । ‘म मोटर व्यवसायी थिएँ । विभिन्न ठाउँ घुम्नुपर्थ्यो । यहाँको शान्त वातावरण, व्यापारको सम्भावना र अन्यत्र जाने सुविधाले ठाउँ उपयुक्त लाग्यो’, उनले भने । घिमिरे भन्छन्, ‘यहाँ केही आफन्तहरू पनि बसेकाले अपनत्व महसुस भयो । अनि दोलखाको घरघडेरी बेचेर सरें ।’ बुवा फौदसिंह घिमिरे र…
Read More
गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ-प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी…
Read More
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन्। उनले पाँच दिन भारत भ्रमणमा बिताने कार्यक्रम छ।   भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ। परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ।
Read More
प्रसिद्ध क्षेत्र बडिमालिकामा आज मेला लाग्दै

प्रसिद्ध क्षेत्र बडिमालिकामा आज मेला लाग्दै

बाजुरा । सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज (आइतबार) मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्परा अनुसार एकसाथ पूजा गर्ने परम्परा छ । उक्त क्षेत्र समुद्री सतह देखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेको छ । सुदूपश्चिमकै धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शनका लागि देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन आउने गरेका छन् । त्रिबेणीमा…
Read More
मन्त्रिपरिषद् बैठक: सरकारले परराष्ट्रमन्त्री राणाको भारत भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठक: सरकारले परराष्ट्रमन्त्री राणाको भारत भ्रमण स्वीकृत

परराष्ट्रमन्त्री डा. अर्जु राणा भदौ ३ गतेदेखि भारतको पाँच दिने भ्रमणमा जानुहुनेछ। साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वमा भारत भ्रमण गर्ने कार्यक्रमलाई स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो। त्यसैगरी, सरकारले अन्तर्राष्ट्रिय विकास संघ, विश्व बैंकबाट १५० मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। ऋण स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजनमा टोली गठन गर्न अनुमति दिइएको छ। आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार, ललितपुर महानगरपालिकालाई रसियाको उलान-उडे सहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पूर्वअनुमति दिइएको छ। त्यस्तै, बैठकले लगातार…
Read More
सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

बैतडी:  आज भदौ १ गते, ओल्के संक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । यसका साथै विहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न,…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×