Skip to main content

धनगढी न्यूज

अमेरिका–इरान वार्ता निष्कर्षबिहीन

Advertisement

काठमाडौंः अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो।

वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास ग¥यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन।’

भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे।

अमेरिकी टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए।

उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहो¥याए। इरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्दै उनले भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्नेसमेत प्रस्ट पारे।

वार्ता विफल भएपनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको भने अमेरिकाले उच्च प्रशंसा गरेको छ। भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी भए त्यो पाकिस्तानको कारणले नभएको स्पष्ट पारे। वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी प्रतिनिधिमण्डल अहिले पाकिस्तानबाट स्वदेश फर्कने तयारीमा छ।

यता, इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ। इरानले आफू खुला दिमागका साथ वार्तामा आएको भए पनि अमेरिकाले इरानको वैध अधिकार र स्वार्थलाई सम्मान गर्नुपर्ने अडान राखेको छ।

दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि मध्यपूर्वको तनाव अन्त्य गर्ने यो ठुलो प्रयास अहिलेलाई असफल साबित भएको छ।थाहा खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...