Skip to main content

धनगढी न्यूज

युनाइटेड फ्रन्टको पहिलो विश्व सम्मेलन सम्पन्न

Advertisement

ब्रसेल्स । फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा गर्दै साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालबाट सुवास जिसीलाई उपाध्यक्षमा चयन गरेको छ ।

नवनिर्वाचित सहअध्यक्ष सुवाज जि.सी.सँग अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा सम्पर्क गर्दा, ‘युनाइटेड फ्रन्टको प्रथम सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भएको तथा निर्वाचित नयाँ समितिको छिटै बैठक बसेर विस्तृत योजनाहरू बनाइने’ बताउनुभयो । 

विश्वका करिब ४६ देशका १२४ प्रतिनिधिसहित करिब ६५० सहभागीको उपस्थितिमा सेप्टेम्बर ३ देखि ६ (२०२३) सम्म जर्मनीमा सो सम्मेलन सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

पेरूका एडिथ लुज र जर्मनीबाट मोनिका गार्टनर–एङ्गेल अध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल, पेरु र ट्युनिसियाबाट तीन जना युवाहरू सह अध्यक्षको रूपमा निर्वाचित भएका छन् । समितिमा नेपालको तर्फबाट सुवास जिसी निर्वाचित भएका हुन् । समितिमा टर्की, जर्मनी, पेरु, पश्चिमी सहारा, साइप्रस र दक्षिण अफ्रिकाका प्रतिनिधि निर्वाचित भएका छन् ।

छ ओटा मुख्य राजनैतिक सङ्कल्पलाई सर्वसम्मत रूपमा पास गर्दै “भविष्यमा संसारको कुनै पनि सङ्घर्षलाई एक्लै उभिन दिइने छैन” भन्ने प्रण गर्दै उक्त सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा भाग लिन नेकपा (मसाल) को तर्फबाट अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. श्रीधर गौतमसहितका प्रतिनिधिहरू जर्मन जानुभएको थियो ।

युनाइटेड फ्रन्टले विश्व सम्मेलनलाई विश्व साम्राज्यवाद विरुद्धको विजयी अभियानको रूपमा औँल्याएको छ । साम्राज्यवादीहरूले सम्मेलनलाई असफल बनाउन प्रयत्न गरे पनि भव्य रूपमा सम्पन्न भएको थियो । त्यस क्रममा विभिन्न १८ देशका ३० भन्दा बढी सहभागीका भिसा अस्वीकार गरिएको थियो । यसलाई फ्रन्टले साम्राज्यवादीहरूको “मूल्यमा आधारित परराष्ट्र नीति” ले प्रतिक्रियावादीको मूल्यको संरक्षण गरेको भनेर विरोध गरेको छ ।

सम्मेलनले विधानसँग सम्बन्धित १०० भन्दा बढी प्रस्तावको गहन छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको छ । अहिले युनाइटेड फ्रन्टलाई “फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्धको अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी संयुक्त मोर्चा” को नाम दिइएको छ । त्यसको छोटो नाम “युनाइटेड फ्रन्ट” (संयुक्त मोर्चा) भनिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...