Skip to main content

धनगढी न्यूज

मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

Advertisement
काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ ।
कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई हरेक वर्ष एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सुश्री सन्त कुमारी श्रेष्ठ(सन्तु श्रेष्ठ)ले जानकारी गराउनु भयो । पुरस्कार निर्णायक समितिको निर्णय अनुसार २०७८का लागि मोहनविक्रम सिंह, २०७९को लागि श्याम श्रेष्ठ र २०८०को लागि प्रा.डा.नरेन्द्र नायकलाई एकमुष्ट रूपमा सम्मान गर्न लागिएको पनि वहाँले ज्ञानघरलाई बताउनुभयो ।
स्रष्टा, अनुवादक एवं मानववादी बालकृष्ण श्रेष्ठ‘नेभा’ले आफ्नो मातापिताको नाममा स्थापना गरेको संस्था वंश–रत्न स्मृति कोषले ‘मानववादी काम गर्ने र अभियान चलाउने व्यक्तित्वहरूलाई प्रोत्साहन तथा सम्मानको लागि स्मृति कोष गठन गरिएको’ बताउनु भयो ।
स्मरण रहोस् , मोहनविक्रम सिंह र श्याम श्रेष्ठले दार्शनिक भूमिकाबाट समेत नेपाली भूमिमा क्रियाशील हुनुहुन्छ भने प्रा.डा.नरेन्द्र नायक, विशेष गरेर साईबाबाको अन्धविश्वासका विरुद्ध भारतमा सामाजिक अभियन्ताको रूपमा भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...