Skip to main content

धनगढी न्यूज

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

Advertisement

 

नयाँ दिल्ली, २० असोज । एसियाली खेलकुदमा भारतको उत्कृष्ट प्रदर्शन जारी राख्दै भारतले पहिलो पटक १०० पदक जितेको छ ।

आज बिहानसम्म भारतले एसियाली खेलकुदमा पदक सङ्ख्या १०० पुराएको छ ।

एसियाली खेलकुदको १४ औँ दिनको सुरुवात पनि भारतको लागि राम्रो रह्यो । भारतीय खेलाडीले पदक जितेका छन् । १३ औँ दिन भारतका लागि उत्कृष्ट रह्यो । साबिक विजेता जापानलाई हराउँदै भारतले ९ वर्षपछि हक्कीमा स्वर्ण पदक जितेको छ । हक्की टोलीले स्वर्ण जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टोलीलाई बधाई दिएका छन्  ।

यस पटक भारतले एसियाली खेलकुदमा कीर्तिमानी पदक जित्दै पदकको शतक बनाएको छ । यसअघि खेलकुदको १३ औँ दिनसम्म भारतीय खेलाडीले २२ स्वर्णसहित ९५ पदक जितेका थिए भने आज ५ पदक जितेर पदकको शतक पूरा गरेका छन् । हङझाउ एसियाली खेलकुदमा भारतीय खेलाडीले कीर्तिमान बनाउने क्रम जारी छ ।   ‘यस पटक सय पार गर्ने’ लक्ष्य लिएर चीन पुगेका भारतीय खेलाडीले सयभन्दा बढी पदक जितेका हुन् ।

एसियाली खेलकुदको १३ औँ दिन भारतले हक्कीमा स्वर्ण सहित ९ पदक जितेर पदक सङ्ख्या ९५ पुगेको छ । सय पदक पार गर्ने निश्चित थियो किनभने धेरै इभेन्टमा भारतीय खेलाडीहरू फाइनलमा पुगेका थिए, पदकको रङ्ग मात्र तय हुन बाँकी थियो। र आज बिहान ५ पदक जित्दै भारतले पदकको सङ्ख्या १०० नघाएको हो ।

भारतीय टोलीले फाइनल खेल्ने भएकाले क्रिकेटमा पदक निश्चित छ। पुरुष युगलमा सात्त्विक–चिरागको जोडी फाइनलमा पुगेकाले ब्याडमिन्टनबाट अर्को पदक जित्ने ठाउँ कायमै छ । अर्थात् भारतले कम्तीमा १०२ पदक जित्ने पक्का छ। एसियाली खेलकुदको इतिहास हेर्दा भारतले पहिलो पटक पदक सयको लक्ष्य पूरा गरेको छ । यस बाहेक भारतीय खेलाडीले देशका लागि २० भन्दा बढी स्वर्ण जितेको यो पहिलो पटक हो।

भारतले २०१४ एसियाली खेलहरूमा ५७ पदक जितेको थियो। त्यसपछि सन् २०१८ मा भारतले ७० पदक जितेको थियो भने अब सन् २०२३ को एसियाली खेलकुदमा भारतले पदकको शतक बनाएर कीर्तिमान बनाएको हो ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...